न्युजिल्याण्डकी प्रधानमन्त्रीलाई कोरोना भाइरसको संक्रमण « Khabarhub

न्युजिल्याण्डकी प्रधानमन्त्रीलाई कोरोना भाइरसको संक्रमण


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महामारीको सफल व्यवस्थापन गरी ख्याति कमाएको मुलुक न्युजिल्याण्डकी प्रधानमन्त्री जासिन्डा आर्डेर्नलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

प्रधानमन्त्री जासिन्डा आर्डेर्नलाई कोरोनाको संक्रमण देखिएको न्युजिल्याण्डको न्युजिल्याण्ड हेराल्ड अखबारको अनलाइन संस्करणले जनाएको छ ।

शनिबार बिहान उनले सामाजिक सञ्जालमा पोष्ट गर्दै आफूलाई कोरोना भाइरस भएको बताएकी हुन् । आफू परिवारका साथ घरमा रहेको र आजदेखि घरमै आइसोलेसनमा बस्ने जानकारी पनि गराएकी छिन् ।

उनले सामाजिक सञ्जालमा आफूले कोरोना भाइरसका विरुद्धमा विभिन्न सतर्कता अपनाउँदा पनि भाइरस देखिएको बताइन् ।

प्रधानमन्त्री जासिन्डा आर्डर्नका सहयोगी पनि संक्रमित भएकाले आफू र सहयोगीले घरबाटै कार्यालयको काम गर्नेगरी व्यवस्था मिलाएको पनि उनले सामाजिक सञ्जालमा लेखेकी छिन् ।

हाल न्युजिल्याण्डमा दैनिक ७ हजारभन्दा बढी नागरिकमा कारोना भाइरसको संक्रमण हुने गरेको बताइएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ४ : ०० बजे

चितवनको ३८ प्रतिशत जमिन सिँचाइविहीन

चितवन– जिल्लामा खेती भइरहेको ३८ दशमलव २ प्रतिशत जमिनमा अझै

भोजपुरमा कुटपिटबाट एक जनाको मृत्यु

टक्सार– भोजपुरमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ । कुटपिटमा

ओलीबारे रास्वपाका पुरुषोत्तमको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका एक सांसदले पूर्व प्रधानमन्त्री

बालेन सरकारको अर्थनीति कांग्रेसी विरासतले हाँक्ने

काठमाडौं– नेपालको राजनीतिमा ‘जेनजी’ पुस्ताको आन्दोलन र फागुन २१ गतेको

विराट गोल्ड कप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

काठमाडौं– ३८ औं संस्करणको विराट गोल्ड कप फुटबल प्रतियोगिताको सम्पूर्ण