बरहथवा नगरपालिकाको वडा नम्बर १७ मा पुनः मतदान हुने « Khabarhub

बरहथवा नगरपालिकाको वडा नम्बर १७ मा पुनः मतदान हुने


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्लाहीको बरहथवा नगरपालिका अन्तर्गत वडा नम्बर १७ मा पुनः मतदान हुने भएको छ ।

नगरपालिकामा रहेका सम्पूर्ण वडाको मतदान सम्पन्न भइसकेता पनि वडा नम्बर १७ मा झडप हुँदा मतदान रोकिएको थियो । निर्वाचन आयोगले उक्त वडामा पुनः मतदान गर्ने निर्णय गरेको जिल्ला निर्वाचन अधिकारी दिवाकर भूजेलले जानकारी दिए । अब निर्वाचन अधिकृतको कार्यालय बरहथवाले सर्बदलिय बैठक राखेर त्यहाँ मतदानको मिति तोक्ने बरहथवाका निर्वाचन अधिकृत दशरथ पंगेनीले जानकारी दिए ।

वडा नम्बर १७ मा भएको मतदानमा जनता समाजवादी पार्टी पक्षले आफू पक्षीय मतदातालाई शुक्रबार बिहानै मतदान गराएपछि मध्यान्हबाट भने अन्य पार्टी पक्षीय मतदातालाई मत हाल्नै नदिएको नेपाली कांग्रेस, नेकपा एमाले, जनमत पार्टी र स्वतन्त्र उम्मेद्वारको आरोप छ । उनिहरुले निर्वाचन अधिकृतको कार्यालय बरहथवामा दर्ता गराएको संयुक्त लिखित निवेदनमा जसपाका उम्मेद्वार रामविश्वास राय लगायतले नेकपा माओवादी केन्द्रका वीरेन्द्र राय लगायतलाई मरणासन्न हुनेगरी कुटपिट गरेको उल्लेख छ ।

वडा नं. १७ को आधारभूत विद्यालय परोरियाको मतदान स्थल अन्तर्गत २ वटा मतदान केन्द्रमा जम्मा एक हजार ९ सय ५४ मतदाता भएपनि त्यहाँ शुक्रबार साँझसम्म ३ सय ७२ मत मात्र खसेको थियो ।

१७ नम्बर वडाको विवादका कारण बरहथवा नगरपालिकाको मतगणना हुन सकेको छैन ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ७ : ३५ बजे

सुत्केरी र शिशुलाई घरदैलोमै स्वास्थ्य सेवा

सिरहा– सिरहाको लहान नगरपालिकाले मातृ–शिशु स्वास्थ्यलाई प्राथमिकता दिँदै सुत्केरी र

पर्वहरूले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति जस्ता पर्वले सम्पूर्ण नेपालीबीच

निर्वाचन ४९ दिन बाँकीः कस्तो छ सुरक्षा रणनीति ?

काठमाडौं – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित

आज माघे संक्रान्ति पर्व मनाइँदै

काठमाडौं– आज माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्ति ।

निर्विरोध सभापति भएपछि गगन थापाले भने-कांग्रेसको शान राख्छु

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले