कैलालीका ६ पालिकामा गठबन्धनको अग्रता « Khabarhub

कैलालीका ६ पालिकामा गठबन्धनको अग्रता


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीका १३ मध्य ६ पालिकामा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् ।

कैलाली गोदावरी नगरपालिकामा गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवारको अग्रता छ । यसैगरी चुरे गाउँपालिकामा गठबन्धनबाट नेकपा (एस) को अग्रता रहेको छ । यसैगरी गौरिगंगा नगरपालिकामा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवारको अग्रता रहेको छ ।

यसैगरी लम्कीचुहा नगरपालिकामा गठबन्धनबाट कांग्रेसका उम्मेदवारको अग्रता रहेको छ । घोडाघोडी नगरपालिकामा गठबन्धनबाट नेकपा (एस) का उम्मेदवारको अग्रता रहेको छ । जानकी गाउँपालिकामा पनि गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवारको अग्रता रहेको छ ।

कैलालीको दुई स्थानीय तह बर्दगोरिया गाउँपालिका र भजनी नगरपालिकामा एमालेका उम्मेदवारको अग्रता रहेको छ ।

यसैगरी कैलारी गाउँपालिकामा राप्रपाका उम्मेदवारको अग्रता रहेको छ, भने टीकापुर नगरपालिका र जोशीपुर गाउँपालिकामा रेसम चौधरीकी श्रीमती अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीको अग्रता रहेको छ ।

सुदूरपश्चिमकै एक मात्र उप महानगरपालिका रहेको धनगढी उप- महानगरपालिकामा स्वतन्त्र उम्मेदवारको अग्रता रहेको छ ।

 

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ७ : ४५ बजे

लागूऔषधसहित देशका विभिन्न भागबाट १३ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

कांग्रेसको विशेष बैठक बस्दै, सभापति थापाले समसामयिक विषयमा सम्बोधन गर्ने

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको

एनपीएल : आज जनकपुर र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (आइतबार)

पहिरोले बीपी राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल