स्थगन भएकामध्ये १९ मतदान केन्द्रमा निर्वाचनको नयाँ मिति तय | Khabarhub Khabarhub

स्थगन भएकामध्ये १९ मतदान केन्द्रमा निर्वाचनको नयाँ मिति तय


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- यही वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा राजनीतिक दल, उम्मेदवार र अन्य पक्षको विवादका कारण स्थगन भएका ८५ मतदान केन्द्रमध्ये १९ केन्द्रमा आउँदो जेठ १, २ र ३ गतेका लागि नयाँ निर्वाचन मिति तय गरिएको छ ।

स्थगन भएकामध्ये १० मतदानस्थलमा पुनः मतदानको मिति तय भएको हो भने अन्य ३४ मतदानस्थलमा निर्णय हुन बाँकी छ । तीमध्ये प्रदेश नं. १ को ३, मधेस प्रदेशको २, बागमती प्रदेशको ५, कर्णाली प्रदेशको २ र सुदूरपश्चिम प्रदेशका ५ मतदान केन्द्रमा नयाँ मिति तय भएको हो ।

निर्वाचन आयोगका अनुसार जेठ १ गते निर्वाचन हुने मतदानस्थलमा सप्तरीको डाक्नेश्वरी नगरपालिकाकाको जनता माविको २ केन्द्र, कालीकोटको रास्कोट गाउँपालिकाको जनता माविको १, कालीकोटकै पचालभरना गाउँपालिकाको जनता माविको १, बझाङको जयपृथ्वी नगरपालिका, सुनीपिपल चौर माविको २ मतदान केन्द्र रहेको छ ।

जेठ २ गते निर्वाचन हुने मतदानस्थलमा धनकुटाको शहीदभूमि गाउँपालिकाको ठाकुरदेवी माविको ३ केन्द्र, रामेछापको खाँडादेवी नगरपालिकाको राकमथुमको ३ केन्द्र, बझाङको केदारस्युँ गाउँपालिकाको जगन्नाथ माविका २ केन्द्र, बझाडको सुर्मा गाउँपालिकाको कृष्ण प्राविको १ केन्द्र र सोही पालिकाको आधाबगर माविको २ केन्द्र रहेका छन् । जेठ ३ गते निर्वाचन हुने मतदानस्थलमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको श्रीराम माविको २ मतदान केन्द्र रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

निर्वाचन आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्रमा आज साँझसम्म प्राप्त विवरणअनुसार लुम्बिनी प्रदेशबाहेकका छ वटा प्रदेशका १७ जिल्लाका ४४ मतदानस्थलका गरी ८५ मतदान केन्द्रमा मतदान स्थगन भएको जनाएको छ । पुनः निर्वाचनको मिति तय गर्नुपूर्व स्थगन हुने कारण विश्लेषण, निर्वाचन सामग्रीको भण्डारण, सुरक्षा स्थितिको आँकलन गर्न निर्देशन दिएको छ ।

भिडियो प्रणालीबाट मतगणना अनुगमन

निर्वाचन सम्पन्न भएका स्थानको जारी मतगणना प्रक्रियालाई निर्वाचन आयोगले बहादुर भवनस्थित कार्यालयबाट भिडियो—अनुगमनसमेत गरिरहेको छ । मतगणना भइरहेका विभिन्न मुख्य निर्वाचन कार्यालयका मतगणस्थलमा जोडिएका सीसी क्यामेरा र ‘भोट काउन्टिङ भिडियो म्यानेजमेन्ट सिस्टम’ (भीसीभीएमएस) प्रविधिबाट सो अनुगमन भइरहेको हो । तथ्याङ्क प्रविष्टीका लागि आयोगको बेग्लै सूचना प्रणाली सञ्चालित छ ।

भिडियो अनुगमनका लागि आयोगमा ठूला स्क्रिनसहित अलग्गै कक्षा स्थापना गरेको छ । उक्त प्रणालीमा एकै पटक सानो आकारमा ९६ वटासम्म स्थलको प्रत्यक्ष विवरण हेर्न सकिन्छ भने कुनै खास स्थलको जुम गरेर पनि हेर्न सकिन्छ । अहिलेसम्म ३३६ पालिकाका गणनास्थलमा यो प्रणाली जडान गरिएको छ ।

उक्त कक्षका टोली प्रमुख विवेक शर्माका अनुसार यस प्रकारको प्रणाली निर्वाचनका सन्दर्भमा नेपालमा पहिलो पटक लागू गरिएको हो । आजै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र आयुक्तहरुले काठमाडौँका विभिन्न मतगणना स्थलको अनुगमन गरेका छन्।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  १० : ४९ बजे

स्वास्थ्य क्षेत्र उच्च प्राथमिकतामा : मुख्यमन्त्री बानियाँ

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले स्वास्थ्य क्षेत्रलाई प्रदेश सरकारले

करेन्ट लागेर कञ्चनपुरमा एक जनाको मृत्यु

कञ्चनपुर– पुनर्वास नगरपालिका-१ अंशुबर्मा टोल बस्ने ७२ वर्षीय चन्द्र दत्त गौतमको

भीम रावलको टिप्पणी : सत्ता र शक्तिका लागि केपी ओली आफ्नै मित्रमाथि छुरी चलाउँछन्

काठमाडौं– नेकपा (एमाले)का पूर्वउपाध्यक्ष डा. भीम रावलले अध्यक्ष एवम् प्रधानमन्त्री

पोखरीमा डुबेर एक जनाको मृत्यु

रूपन्देही– तिलोत्तमा नगरपालिका-१३ बिसौरियास्थित पोखरीमा डुबेर सोही ठाउँ बस्ने ३५ वर्षीय

सामाजिक सञ्जालको दुरुपयोग गरेर ठगी गरेको आरोपमा युवक पक्राउ

काठमाडौं– फेसबुक, ह्वाटस्एप, टीकटकलगायतका सामाजिक संजालमा नक्कली आईडीको प्रयोग गरी फ्रेन्ड