एसिया कप छनोटः सान्त्वना जितको खोजीमा नेपाल « Khabarhub

एसिया कप छनोटः सान्त्वना जितको खोजीमा नेपाल


३१ जेष्ठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एएफसी एसिया कप २०२३ छनोट अन्तर्गत नेपालले आज इन्डोनेसियासँग खेल्दैछ ।

सुरुआती दुबै खेलमा पराजित भएको नेपालले मंगलबार अन्तिम खेलमा इन्डोनेसियासँग खेल्न लागेको हो ।

कुवते सिटी स्थित जवर अल अहमाद अन्तर्राष्ट्रिय मैदानमा हुने खेल नेपाली समय अनुसार राति १ बजे सुरु हुनेछ ।

इन्डोनेसियाविरुद्ध खेल्दै गर्दा नेपाल समूह ए मा पहिलो जितको खोजीमा हुनेछ । नेपाल प्रतियोगितामा सुखद् अन्त्य गर्न चाहन्छ ।

नेपाल र इन्डोनेसिया आधिकारीक प्रतियोगितामा पहिलो पटक प्रतिस्पर्धा गर्न लागेका हुन् । यस अर्थमा नेपाल र इन्डोनेसिया अपरिचित प्रतिस्पर्धी हुन् ।

यद्यपि नेपाली टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी कुवेत र यस अघि समेत इन्डोनेसियाको खेल हेरेका कारण आत्मविश्वासी छन् । उनी युवा टोलीबाट कम्तिमा एक खेल आफ्नो पक्षमा पार्न चाहन्छन् ।

तर, प्रतियोगितामा इन्डोनेसिया बलियो स्थितिमा रहेको छ । उसले पहिलो खेलमा घरेलु टोली कुवेतलाई २–१ अन्तरले पराजित गरेको थियो । डिफेन्सिभ खेलसँगै इन्डोनेसिया काउन्टर खेलमा बलियो देखिएको छ । दोस्रो खेलमा भने इन्डोनेसिया बलियो टोली जोर्डनसँग १–० अन्तरले पराजित भएको थियो ।

यता, नेपाल भने पहिलो खेलमा जोर्डनसँग शसक्त प्रदर्शन गर्दै २–० अन्तर र कुवेतसँग ४–१ अन्तरले पराजित भएको थियो ।

मंगलबार नै हुने अर्को खेलमा जोर्डन र आयोजक कुवेत खेल्दैछन् । यस खेलमा विजयी भए जोर्डन सिधै एएफसी कपमा छनोट हुनेछ ।

मंगलबारको खेलमा २–० अन्तर भन्दा बढी जित भएमात्रै कुवेत फाइनल चरणमा पुग्नेछ । जारी प्रतियोगितामा जोर्डन ६ अंकसहित शीर्षस्थानमा छ । कुवेत र इन्डोनेसिया समान ३ अंक सहित दोस्रो र तेस्रो स्थानमा रहँदा नेपाल पुछारमा छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  ७ : २१ बजे

बाढीले खोस्यो दसैँको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार

बर्दिया- बडादसैँमा अभिभावकका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने

नेवार समुदायले मनाए मोहनी नखः

भक्तपुर- भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन् ।

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ

चितवन- नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी