'एमालेले पुलिस प्रशासनका कारण चुनाव हारेको प्रमाण छ' | Khabarhub Khabarhub

‘एमालेले पुलिस प्रशासनका कारण चुनाव हारेको प्रमाण छ’

माओवादीसँग चुनावी तालमेलको विषय नकार्न मिल्दैन


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्थानीय निर्वाचनको परिणामबाट झस्किएको प्रमुख प्रतिपक्षी दल एमाले आन्तरिक समीक्षामा जुटेको छ। पाँच दलीय गठबन्धनसँग प्रतिस्पर्धा गर्दा २०७४ सालको चुनावमा पाएको बहुमत गुमाएपछि एमालेका लागि आगामी चुनाव चुनौतिपूर्ण बनेको छ। गठबन्धनसँग एक्लै प्रतिस्पर्धा गर्दा दोस्रो स्थानमा चित्त बुझाएको एमालेले आन्तरिक रुपमा अन्तर्घातलाई मुख्य कारण देखाएको छ। जसको समीक्षा गर्ने एमाले सचिवालय बैठकको निर्णय छ। स्थानीय चुनावको समीक्षा गर्दै आगामी संसदीय चुनावको तयारीका लागि पनि एमालेले पार्टीभित्र अन्तर्घात गर्ने नेतालाई कारबाही गर्ने तयारी गरेको छ। तर, त्यसलाई औपचारिकता दिन भने निकै चुनौती छ। एमालेको चुनावी समीक्षा, अन्तर्घातको चर्किदो मुद्दा र आगामी संसदीय चुनावको तयारीका विषयमा सचिवालय बैठक सेरोफेरोमा खबरहबका लागि धीरज बस्नेतले एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यसँग गरेको कुराकानीको सम्पादित अंशः

एमालेले स्थानीय तहको चुनावमा बहुमत गुमाएर दोस्रो भएपछिको आन्तरिक समीक्षा पार्टीभित्र कसरी गर्दैछ ? एमालेले अन्तर्घातका कारण मात्रै चुनाव हारेको हो त ?
पहिलो पाँच दलीय गठबन्धनले जुन खालको निर्वाचन, स्वस्थ्य मर्यादित र धादलीरहित बनाउनु पर्ने हो, त्यो अनुसारले निर्वाचनलाई मर्यादित बनाउनु पर्ने थियो। त्यो अनुसारले गर्न सकेन। प्रशासनिक संयन्त्र पनि पुरै आफ्नो हातमा लिएर गुण्डागर्दी शैलीमा धाँदली र पुलिस प्रशासनलाई हातमा लिएर चुनाव भाडिएको हाम्रो बुझाई छ। त्यो प्रमाण पनि छ हामीसँग। दोस्रो आफ्नै कारणले पनि हो। किनभने उम्मेद्वार चयन गर्दा स्थानीयलाई ३ जनाको नाम छान्नुहोस् भनेको थियौँ। त्यसरी गर्दा उम्मेद्वारको चयनमा केही कमी कमजोरी रह्यो नै। मुख्य कुरा त निर्वाचन आयोगले पनि निष्पक्ष रुपमा काम गर्न सकेन।

स्थानीय तहको चुनाव भएको एक महिना बित्यो। अब संसदीय चुनाव आउँदैछ। बल्ल अहिले आएर समीक्षा गर्नुपर्दा ढिलाई भएन र ?
देशभरबाट सबै आउनुपर्छ भनेर केही ढिलो समीक्षा गरिएको हो। तलैदेखिको समस्या पत्ता लगाएर केन्द्रको पनि समस्या पत्ता लगाउनको लागि र त्यहाँको पशासनिक धाँदली कसरी भयो ? त्यो पत्ता लगाउन र त्यतिकै बोलेर मात्र त हुँदैन। तथ्य प्रमाणको आवश्यकता पर्दछ। त्यसकारण सत्य तथ्य रुपमा प्रमाण पत्ता लगाउन समय लागेको थियो।

आफ्नै कारणले चुनाव हार्दा पनि अरुलाई दोष दिने नेताहरुको बानी नै परेको हो ?
नेकपा एमालेका नेताहरु सत्य तथ्यको आधारमा मात्र बोल्छौ। त्यतिकै बोल्दैनौँ। स्थानीय कमिटीको आधारमा के भएको हो, त्यो पत्ता लगाएर त्यसको वास्तविकता बाहिर ल्याउँछौ। कसैलाई मन नपरेको भरमा आफू प्रतिपक्ष भएको भरमा आरोप लगाउने स्थिति छैन। वास्तवमा छातिमा हात राखेर भनिरहनु पर्दा अत्यन्तै ज्यादतीपूर्ण भएको छ। पुलिस प्रशासन प्रतिकुल भएको छ।

भनेको एमालेले चुनाव हार्नुमा पुलिस प्रशासन पनि जिम्मेवार छ ?

तथ्य प्रमाणसहित हामी प्रस्तुत गर्न सक्छौँ।

आउँदै गरेको संसदीय निर्वाचनमा एमालेको तयारी कस्तो छ ? सचिवालयको समीक्षा बैठकमा यस्ता विषयले कत्तिको प्राथमिकता पाउँछन् ?
सचिवालय बैठक समीक्षात्मक भयो। कहाँ कहाँ कमजोरी भएको हो। त्यो पत्ता लगाउने मात्र हो। ती कमी–कमजोरी हटाउने, एक अर्कामा विश्वास हटेको छ भने त्यो फेरि जोड्ने, एकता बढाउने मुख्य कुरा यही हो।

सत्ता गठबन्धन भत्काएर संसदीय चुनावमा जाने एमालेको रणनीति कस्तो बन्दैछ ?
पहिलो कुरा त एमाले बलियो सदृढ हुनुपर्छ। कोहीसँग गठबन्धन भत्काउँदै, एकता गर्दै बलियो हुन्छ भन्ने होइन, त्यसकारण सत्य तथ्य र विश्वासका साथ एमाले बलियो हुनु पर्दछ।

त्यही बलियो हुनलाई पहिले जस्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डदेखि माधव नेपालसँग पनि तालमेल गर्ने प्रस्ताव लिएर जानुभएको हो कि ?
अहिले नै त्यो त भन्न सकिन्न। क्रमशः अगाडि बढ्ने दौरानमा अहिले परिस्थितीहरु प्रतिकुल भएको छ। त्यस्तो हुदाँ हामी पार्टी पार्टीबीचमा मिलेर हाम्रो राष्ट्रको सार्वभौमिकतालाई जोगाउनतिर लाग्नु पर्दछ। हाम्रो लक्ष्य के हो भन्ने थाहा हुनुपर्दछ। त्यसकारण पहिले समीक्षा हुनुपर्छ। पछि परिस्थितीले कहाँ पुर्याउछ त्यहि अनुरुप एक्ला एक्लै लडेर त देश बलियो बनाउन सक्दैनौ। त्यसका लागि पार्टीहरु एक ठाँउमा जम्मा हुनुपर्छ।

नेकपा एमाले र नेकपा एकीकृत समाजवादीबीच एकता हुनसक्ने सम्भावना तपाई देख्नुहुन्छ कि हुन्न ?
एक हुनुपर्ने र फुट्नु पर्ने कुनै कारण नै छैन। माधव नेपाल फुटेर गैसक्नुभयो। किनभने हामीले पार्टीमा बसिरहँदा एउटा मात्र विचार हुँदैन। अनेकौ विचारहरु आउँछन्। अनेकौ मत विरोधहरु आउन सक्छ। त्यसलाई समेटेर अगाडि बढ्नु पर्दथ्यो। तर, जानु भयो।

उहाँलाई एमालेमा बस्नै नदिएर पार्टी फुटाएर जानु भएको होइन र ?
चित्त नबुझेको कुरा त हरेक पार्टीमा हुन्छ। फरक विचार, धारणा र परिवेशका मानिसहरु पार्टीमा हुन्छन्। त्यसकारण माधवकुमार नेपाल जस्तो जान्ने बुझ्ने मान्छेले पुरानो नेताले यस्तो गरेपछि त उहाँले दुःख गरेर नै यो पार्टी बनाएको हो नि। त्यस्तो हो भने यो पार्टीलाई अझ बलियो बनाउनुपर्छ। अलि सशक्त बनाउनु पर्दछ। त्यसको लागि फेरि हामी एक हुनु आवश्यक छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले यो संसदीय निर्वाचनमा हामी माओवादीलाई दूध र भात दिन्छौ भन्नु भएको थियो। त्यो भनेको धेरैले माओवादीलाई राम्रो स्पेस दिन्छौ भन्ने बुझेका थिए। के साच्चै तालमेल गर्ने वा गठबन्धन गर्नेबारे छलफल भएको हो र ?
भर्खर निर्वाचन सकिएको छ। यसको परिणाम हामीले भोग्दै छौँ। अब आवश्यकता महसुस हुन्छ। कम्तीमा पनि कम्युनिष्ट आन्दोलनहरु कमजोर भयो। वामपन्थी आन्दोलन कमजोर भयो। यसले गर्दा मुलुक कमजोर हुन्छ। त्यसैले हामी सबै एक भएर मुलुकलाई समृद्धिको आधारमा लैजानुपर्छ। संघीय लोकतन्त्र र गणतन्त्रलाई बलियो र सुढृढ बनाउनको लागि सबै एक भएर त्यसको रक्षा गर्नु पर्दछ।

भनेपछि माओवादीसँग तालमेलको अवस्था छ, त्यसलाई नर्कान मिल्दैन ?
मिल्दैन। सबै एक हुनुपर्दछ। नेपालको कम्युनिष्ट आन्दोलन र वामपन्थी एकता कमजोर बन्नु हुँदैन।

कम्युनिष्ट आन्दोलन र वामपन्थी एकतालाई त तपाईहरुको अध्यक्षले नै सबै टुक्र्याएको भन्ने आरोप लागेको छ नि ?
पार्टी कमजोर बन्ने छ भने एकजना व्यक्तिको कारणले मात्र कमजोर हुँदैन। कसैको कमी कमजोरीलाई न हेरेर सबै एक हुनुपर्दछ। एकताको लागि सुढृढीकरण पार्टी निर्माणको लागि हामी अगाडि बढ्नु पर्दछ। यसले मात्र देश र जनताको हित र रक्षा गर्नसक्छ।

सबै वामपन्थी दल एक भएर अगाडि बढ्नुपर्छ भन्नुहुन्छ। तर, तपाईकै पार्टी अध्यक्ष केपी शर्मा ओलीले टेलिभिजनमा अन्तर्वार्ता दिएकै कारण घनश्याम भुसालमाथि अनुशासनको कारबाही प्रक्रिया अगाडि बढाएको भन्ने चर्चा छ। यसरी त कसरी एकता होला र ?
यो समयमा फलानाले यो गर्यो वा त्यो गर्यो भन्दा पनि कमी कमजोरी छ। जसको कमजोरी छ त्यसलाई सुधार्नुपर्छ भन्ने मुख्य कुरा हो।

घनश्याम भुसालमाथि जुन तरिकाको कारबाहीको तयारी भएको छ। त्यसले त एमाले भित्र कोही पनि अध्यक्ष ओलीविरुद्ध बोल्न पाउदैन है भन्ने सन्देश दिँदैन र ?
बोल्न त पाइन्छ। तर कहाँ भन्ने ठाउँ हुन्छ। भन्नको लागि वातावरण पनि दिनुपर्दछ। त्यो भनेको संस्थागत प्रणाली हो। त्यो भनेको आ–आफ्नो कमिटीमा कुरा राख्न पाउने र सुन्ने वातावरण बनाउनु पर्दछ। त्यसो भयो भने बाहिर भन्नु पर्ने आवश्यकता पर्दैन्।
(प्रस्तुतिः पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  ८ : ३५ बजे

बस दुर्घटनामा घाइते भएका सहचालकको मृत्यु

गुल्मी – गुल्मीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

नेपालद्वारा भोलक्यानोजलाई १८० रनको लक्ष्य

काठमाडौं – विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो

संसद्को तनावले झन् बढ्यो सत्तापक्ष र प्रतिपक्षबीच दूरी

काठमाडाैं-  सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका उपप्रधान तथा

जयनगर–जनकपुर–भङ्गहा रेल सेवा तीन दिन बन्द हुने

जलेश्वर – भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि

राष्ट्रिय खुल्ला हाफ म्याराथनको उपाधि राजन रोक्कालाई

काठमाडौं – राष्ट्रिय खुल्ला हाफ म्याराथन तथा रोड रेस प्रतियोगिताको