बेइजिङमा उच्च संख्यामा कोभिड सङ्क्रमित « Khabarhub

बेइजिङमा उच्च संख्यामा कोभिड सङ्क्रमित


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– बेइजिङमा पछिल्लो तीन सातामा उच्च संख्यामा दैनिक कोभिड सङ्क्रमित देखिएका छन् ।

सङ्क्रमित बढेसँगै राजधानीमा पुनः केही प्रतिबन्ध लगाउने तयारी भइरहेको छ । तर, बेइजिङमा सांघाइमा जस्तो कडाइ नगरिने जनाइएको छ ।

कठोर प्रतिबन्धपछि सांघाईमा केही साताअघि खुकुलो बनाइएको थियो । बेइजिङमा सोमबार एकै दिन ७४ जनामा संक्रमण देखिएको थियो । यो २२ मे पछिकै सबैभन्दा धेरै संख्या हो ।

उपप्रधानमन्त्री तथा महामारी नियन्त्रणसम्बन्धी देशका उच्च अधिकारी सुन चुनलानले महामारीलाई सक्दो चाँडो नियन्त्रण गर्न बेइजिङबासीलाई अनुरोध गरेका सिन्ह्वा समाचार संस्थाले जनाएको छ ।

फेरि सङ्क्रमण बढेसँगै प्रमुख चिनियाँ सहरहरूमा यसअघि लगाइएका प्रतिबन्ध पुनः लगाउने तयारी भएको छ । सोमबार पुनः सञ्चालनको योजनामा रहेका बेइजिङका विद्यालय खुल्न ढिलाई गरिएको थियो भने सम्पूर्ण खेलकुद प्रतियोगित रोकिएका थिए ।

चीनले अंगिकार गर्दै आएको कोभिड शून्य नीतिका कारण देशले आर्थिक तथा सामाजिक मूल्य चुकाउनु परेको विज्ञहरूले बताउँदै आएका छन् ।

पूर्वी बेइजिङको चायोयाङ जिल्लामा सोमबारदेखि तीन दिने सामूहिक कोभिड परीक्षण भइरहेको छ ।

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  ९ : २९ बजे

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान

अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि, ४.७ प्रतिशत पुग्यो

क्यानबेरा– अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको

बालेन नेतृत्वको सरकारको ३ महिनामा थप १.५४ प्रतिशतले बढ्यो जीडीपी

काठमाडौं– राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को चौथो

मध्यपूर्वको आर्थिक वृद्धिमा गिरावट आउने आईएमएफको प्रक्षेपण

बैंकक– मध्यपूर्वमा जारी युद्धका कारण खाडी मुलुकहरूको अर्थतन्त्रमा नकारात्मक असर

बडादशैं सुरु भएसँगै काठमाडौंमा खसीबोकाको कारोबार बढ्यो

काठमाडौं– बडादशैं सुरु भएसंगै काठमाडौंका बिभिन्न स्थानमा खसीबोकाको खरिद बिक्रि