काठमाडौँमा एकै दिन २२ सयभन्दा बढी सवारी चालकमाथि कारबाही, मापसे गर्ने १३३ जना  | Khabarhub Khabarhub

काठमाडौँमा एकै दिन २२ सयभन्दा बढी सवारी चालकमाथि कारबाही, मापसे गर्ने १३३ जना 


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकै दिन २ हजार २२० जना सवारी चालमाथि कारबाही गरेको छ ।

ट्राफिक नियम उल्लङ्घन गरेका कारण सोमबार उपत्यकाका विभिन्न स्थानमा उनीहरूलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारबाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १६५ जना, मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाउने १३३ जना,  तीव्र गतिमा सवारी साधन चलाउने ६० जना, जथाभाबी यात्रु चढाउने तथा ओराल्ने १०९ जना, लेन उल्लङ्घन गर्ने ५३ जना सवारी चालक रहेका छन् ।

यस्तै, ढोका खुल्लै राखेर सवारी चलाउने ७६ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ४७ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ३४ जना र क्षमता भन्दा बढी यात्रु राख्ने २४ जना चालकहरूलाई पनि कारबाही गरिएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  १० : ५८ बजे

एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि नेपाली

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार