कबड्डी-४ को प्रदर्शन रोक्न माग गर्दै उजुरी दर्ता « Khabarhub

कबड्डी-४ को प्रदर्शन रोक्न माग गर्दै उजुरी दर्ता


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रदर्शनसँगै ‘कबड्डी ४: द फाइनल म्याच’ चर्चामा छ । पहिला फिल्मले पाएको शो, फिल्मले गरेको बिजनेशको चर्चा भएको थियो । यद्यपि पछिल्लो समय यसलाई विवादले चर्चामा ल्याएको छ । केही समय अगाडि अभिनेत्री मिरुना मगर र भिक्षु फुर्पा तामाङबीच देखिएको विवाद सुल्झिएको भनिएता पनि त्यो विभिन्न रुपमा अगाडि आइरहेको छ । यसैक्रममा प्रदर्शनरत फिल्म कबड्डी–४ को प्रदर्शन रोक्न माग गर्दै जिल्ला प्रकाशन कार्यालय काठमाडौंमा उजुरी दर्ता भएको छ । 

बौद्धधर्मको मानमर्दन हुने दृश्य र कथा समावेश गरिएको भन्दै रोविन कुमार लामाले कबड्डी–४ को प्रदर्शन तत्काल रोक्न र पछि दृश्य र शब्द काँटछाँट गर्न माग गर्दै सोमबार चलचित्र जाँच समिति, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसहितलाई विपक्षी बनाएर उजुरी दर्ता गरेका हुन् । 

१२३१/२०७९-२/३० दर्ता नम्बर रहेको उजुरीमा लामाले उल्लेख गरेका छन्, ‘कबडडी –४ चलचित्रको मूल कथावस्तु र प्रस्तुतीका दृश्यहरु बौद्ध धर्मावलम्बी लामा भिक्षु वर्ग, सनातन बौद्ध सम्प्रदाय विशेषको मानमर्यादामा गम्भीर हानी नोक्सानी पुर्‍याइ अपहेलित गर्ने साथै सामाजिक सुसम्बन्धमा विरोध पर्ने प्रकृतिको रही सार्वजनिक हित सदाचार वा नैतिकताको प्रतिकुल असर पर्ने विषय समावेश हुँदा हुँदै चलचित्र निर्माण, प्रदर्शन तथा वितरण ऐन, २०२६ को दफा ८ को उपधारा ४ बमोजिम हटाउन लगाई काँटछाँट वा हेरफेर गर्ने आदेश जारी गरी पाउँ ।’

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  १ : ४६ बजे

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन