‘म बुलबुलसँगै छक्का पञ्जा जस्तो फिल्म पनि गर्न चाहन्छु’  « Khabarhub

‘म बुलबुलसँगै छक्का पञ्जा जस्तो फिल्म पनि गर्न चाहन्छु’ 


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ‘कुटुमा कुटु’ बोलको गीतमा नृत्य गरेपछि स्वस्तिमा खड्काको भाग्य चम्किएको छ भन्दा फरक नपर्ला । होस्टेल रिटन्स फिल्म मार्फत डेब्यु गरेकी स्वस्तिमाले आफ्नो भूमिकालाई न्याय नै गरेता पनि उनलाई दर्शक माझ चिनाउने गीत र काम यहीँ नै बन्यो । त्यसपछि छक्का पञ्जा २, नाई नभन्नु ल ५ जस्ता फिल्मले उनलाई बढी भन्दा बढी दर्शक माझ पुर्‍यायो । तर, अभिनयमा अब्बल सावित गर्ने श्रेय उनी अभिनीत फिल्म ‘बुलबुल’ लाई जान्छ । किनकी यो फिल्ममा अभिनय गरेपछि उनले राष्ट्रिय मात्र नभई अन्तराष्ट्रियस्तरको अवार्ड पनि जितिन् । 

बक्स अफिस, अभिनय, ब्रान्ड बजार आदिलाई मध्यनजर गर्दा उनको उचाइ अन्य नायिकाको तुलनामा बढ्यो । उनी बुलबुल जस्तो फिल्ममा पनि देखिएकी छिन् भने छक्का पञ्जा २ जस्तो फिल्ममा पनि । यी दुई फिल्मका अडियन्स फरक छन् । तर, यस्तो हुन् नहुने तर्क छ स्वस्तिमाको । ‘म एउटा टाइपको फिल्मको हिरोइन मात्र बन्न चाहन्न । किनकी कलाकार भएपछि सबै किसिमको रोल गर्न सक्नु पर्छ । म नाई नभन्नु ल, हजार जुनीसम्म जस्तो फिल्ममा पनि काम गर्न चाहन्छु भने बुलबुल र चिसो मान्छे जस्तोमा पनि’ उनले भनिन् । ‘चिसो मान्छे’ स्वस्तिमा अभिनीत रिलिजको क्रममा रहेको फिल्म हो । 

उनी दर्शक विभाजित हुनु राम्रो नभएको बताउँछिन् । ‘हाम्रो बजार सानो छ । अनि यहाँ छक्का पञ्जा र बुलबुलको दर्शक विभाजित हुँदा हामीलाई घाटा छ । छक्का पञ्जा हेरेकोले बुलबुल र यो हेरेकोले नाई नभन्नु ल जस्ता फिल्म हेर्नु पर्छ । मलाई कुटुमा कुटु गीतमा नाच्नेले बुलबुल गरेको ? भनेर भन्नु भएको छ’ उनले भनिन् । विस्तारै दर्शकहरूको रोजाईमा छक्का पञ्जा, नाई नभन्नु ल, बुलबुल, सेतो सूर्य लगायतका फिल्म पर्न थालेपछि दर्शक दुवैमा बढ्ने उनको अपेक्षा छ । स्वस्तिमा आफूलाई फरक–फरक चरित्रलाई निर्वाह गर्न मन लाग्ने तर्क गर्छिन् । उनले, आफूले फिल्म क्षेत्रमा आएर अभिनेत्रीको परिभाषा नै बदल्नेतर्फ कहिल्यै पनि नसोचेको बताइन् । दर्शकले आफूलाई जुन रुपमा लिएपनि आफू त्यसलाई स्वीकार गर्न तयार हुने उनको तर्क छ ।

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  २ : ०१ बजे

सिमरामा उच्च शिक्षा सुधारसम्बन्धी दुईदिने संवाद : के विषयमा छलफल भयो ?

सिमरा – उच्च शिक्षा सुधार तथा राष्ट्रिय योग्यता प्रारूपबारे मधेश

अन्तरिम संविधानमार्फत नयाँ संविधान निर्माण जरुरी रहेको आजपाको निष्कर्ष

काठमाडौं– प्रभु साह नेतृत्वको आम जनता पार्टीले वर्तमान सरकारलाई फेक

हिउँदे आलु रोप्न भोजपुरका किसानलाई चटारो

भोजपुर– हिउँदे मौसम सुरु भएसँगै भोजपुरका किसानलाई आलु रोप्न चटारो

फार्मेसी र नर्सिङ परिषद्मा नयाँ सदस्य नियुक्त

काठमाडौँ- नेपाल फार्मेसी परिषद् र नेपाल नर्सिङ परिषद्मा नयाँ सदस्य नियुक्त

प्रधान सेनापति सिग्देल बेलायत प्रस्थान

काठमाडौँ– प्रधान सेनापति अशोकराज सिग्देल औपचारिक भ्रमणका लागि आज बेलायत