रियालिटी शोमा निर्णायक बनिन् संचिता « Khabarhub

रियालिटी शोमा निर्णायक बनिन् संचिता


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– केही वर्ष यता पारिवारिक जीवनमा व्यस्त रहेकी अभिनेत्री संचिता लुइँटेलले पछिल्लो समय सक्रियता बढाई रहेकी छिन् । नेपाली फिल्म क्षेत्रमा ‘अप्सरा’ बाट प्रवेश गरेकी संचिता अब एक रियालिटी शोको निर्णायक बन्ने भएकी छिन् । ठूलो पर्दासँगै सानो पर्दामा समेत सक्रियता बढाउने उद्देश्यका साथ संचिताले यो कदम चलेकी हुन् । 

इन्ट्रा नेशनल वेल फेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका (इन्ट्रा फाउन्डेशन) ले आयोजना गरेको ‘मेरो भ्वाइस कप यूएसए र मेरो डान्स कप यूएसए–२’को उत्कृष्ट १२ मा पर्न सफल प्रतिस्पर्धीहरूको बाँकी चरणको प्रतिस्पर्धा नेपालमा हुँदैछ । संचिता ‘मेरो डान्स कप यूएसए–१२’ को निर्णायक बन्ने भएकी हुन् । उनले अमेरिका र क्यानडामा रहेका नेपाली भाषी प्रतिभाहरूको चर्चित रियालिटी शो मा निर्णायकको भूमिकामा काम गर्न पाउँदा खुशी लागेको बताइन् ।

यस्तै, संचितासँग सम्झौता गरेपछि उत्साहित हुँदै इन्ट्रा फाउन्डेसन नेपाल च्याप्टरका कार्यकारी अध्यक्ष संजित भण्डारीले चर्चित नायिकालाई शो मा भित्राउन पाउँदा आफूहरू उत्साहित भएको बताए । उनले भने–‘संचिताजी नेपाली फिल्मको लोकप्रिय नायिका हुनुहुन्छ । उहाँको अभिनय र नृत्यले दर्शकको मन जितेको हो । यसैले, उहाँसँग काम गर्न पाउँदा हामीले शोको गरिमा पनि बढ्ने विश्वास गरेका छौं ।’
‘मेरो डान्स कप यूएसए’ को उत्कृष्ट १२ मा सुमन लामिछाने, शिवानी ढकाल, विशाल उप्रेती, रेजिना सुब्बा, रेनुका राई, सत्य बिष्ट, सुमिका तामाङ, आयुष समाल लगायत छन् ।

संस्थाका अध्यक्ष डिल्ली अधिकारीको परिकल्पनामा तयार भएको शोले नेपाली भाषी प्रतिभाहरूलाई विश्वमाझ चिनाउने आशा गरिएको छ । रियालिटी शोको निर्देशक एलिन श्रेष्ठ हुन् । ‘मेरो भ्वाइस कप यूएसए’ को निर्णायकमा संचिता जोडिएपछि अब ६ जना निर्णायकले प्रतिस्पर्धीको प्रतिभाको मूल्यांकन गर्नेछन् । यो शो को निर्णायकमा मिथिला शर्मा, दिलिप रायमाझी, केकी अधिकारी, शंकर वीसी, नरमान राई र संचिता लुँइटेल छिन् । 

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  २ : ४५ बजे

राष्ट्रको रक्षाका लागि जीवन बलिदान दिन्छु, १ करोड ४० लाख इरानी पनि तयार छन् : राष्ट्रपति पेजेस्कियान

तेहरान- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्ट्रेट अफ होर्मुज खोल्ने समयसीमा

कर्मचारीलाई रावलको निर्देशन : मन्त्रीलाई होइन, सेवाग्राहीलाई खुसी पार्ने काम गर्नुस्

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले

मधेसको आर्थिक विकासमा निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका छ : मुख्यमन्त्री यादव

महेन्द्रनगर– मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशको समग्र आर्थिक विकासमा

टर्कीको इस्तानबुलस्थित इजरायली नियोगमा गोली चल्दा तीन जनाको मृत्यु

काठमाडौं- टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलमा रहेको इजरायली नियोगमा गोली

सुशासनका नाममा प्रतिशोध र पूर्वाग्रह राखेर काम नगर्न सरकारलाई एमालेको सुझाव

काठमाडौं– नेकपा एमालेका सांसदहरूले सुशासन कायम गर्ने नाममा प्रतिशोध र