दर्शकले रुचाए ‘जुरासिक वर्ल्ड : डोमिनियन’  « Khabarhub

दर्शकले रुचाए ‘जुरासिक वर्ल्ड : डोमिनियन’ 


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– डायनोसर कस्तो थिए ? यो धेरैलाई थाहा नहुन सक्छ । किनकी यो लोप भइसकेको कयौँ वर्ष पश्चात अस्तिपन्जर भेटिएको थियो । तर, डायनोसर भन्ने बित्तिकै हाम्रो मानसपटलमा एउटा चित्र बन्छ । यसलाई बनाएको हो हलिउड फिल्म, ‘जुरासिक पार्क’ ले । यहीँ फिल्मले आम दर्शकलाई डायनोसरसँग परिचित गराएको हो । यसै फिल्मको नयाँ-नयाँ सिरिज अहिले दर्शकको प्रिय बनिरहेका छन् । तर, पछिल्लो समय यो पार्कबाट वर्ल्ड बनिसकेको छ । ‘जुरासिक पार्क’ को सिरिजलाई दर्शकले रुचाइ रहँदा नै यसको ‘जुरासिक वर्ल्ड’ आउन सुरु भयो । यतिबेला यसै अन्तर्गत  ‘डोमिनियन’  शीर्षकमा नयाँ सिरिज आएको छ।

डायनोसरकै कथामा रहेर आएको फिल्म ‘जुरासिक वर्ल्ड : डोमिनियन’ लाई दर्शकले रुचाइ रहेका छन् । क्रिस प्राट अभिनीत हलिउड फिल्म  ‘जुरासिक वर्ल्ड: डोमिनियन’ ले विश्वव्यापी बक्स अफिसमा धमाका मच्चाउँदै ४ दिनमा ४ हजार २ सय ८८ करोड रुपैयाँभन्दा बढीको कलेक्सन गरेको छ । यो फिल्मले भारतबाट नै अहिलेसम्म ४५ करोड भारु भन्दा बढी कमाइसकेको छ । सञ्चार माध्यमहरूमा सार्वजनिक रिपोर्टका अनुसार ‘जुरासिक वर्ल्ड: डोमिनियन’ ले भारतबाट ४ दिनमा ४४.५५ करोड भारु कमाएको छ ।

सन् १९९४ देखि चल्दै आएको ‘जुरासिक पार्क’ फ्रेन्चाइजलाई फ्यानहरूले अझै रुचाइरहेको फिल्मको व्यापारले देखाएको छ । यसपटक ‘जुरासिक वर्ल्ड’ मा क्षति पुगेपछि आम मानिसको दैनिकीमा देखिने डायनोसरको कथालाई फिल्ममा देखाइएको छ ।

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  २ : ५७ बजे

सुरक्षाकर्मीलाई हाइअलर्ट बस्न निर्देशन

काठमाडौँ – मन्त्रिपरिषद्ले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले