दर्शकले रुचाए ‘जुरासिक वर्ल्ड : डोमिनियन’  « Khabarhub

दर्शकले रुचाए ‘जुरासिक वर्ल्ड : डोमिनियन’ 


३१ जेष्ठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– डायनोसर कस्तो थिए ? यो धेरैलाई थाहा नहुन सक्छ । किनकी यो लोप भइसकेको कयौँ वर्ष पश्चात अस्तिपन्जर भेटिएको थियो । तर, डायनोसर भन्ने बित्तिकै हाम्रो मानसपटलमा एउटा चित्र बन्छ । यसलाई बनाएको हो हलिउड फिल्म, ‘जुरासिक पार्क’ ले । यहीँ फिल्मले आम दर्शकलाई डायनोसरसँग परिचित गराएको हो । यसै फिल्मको नयाँ-नयाँ सिरिज अहिले दर्शकको प्रिय बनिरहेका छन् । तर, पछिल्लो समय यो पार्कबाट वर्ल्ड बनिसकेको छ । ‘जुरासिक पार्क’ को सिरिजलाई दर्शकले रुचाइ रहँदा नै यसको ‘जुरासिक वर्ल्ड’ आउन सुरु भयो । यतिबेला यसै अन्तर्गत  ‘डोमिनियन’  शीर्षकमा नयाँ सिरिज आएको छ।

डायनोसरकै कथामा रहेर आएको फिल्म ‘जुरासिक वर्ल्ड : डोमिनियन’ लाई दर्शकले रुचाइ रहेका छन् । क्रिस प्राट अभिनीत हलिउड फिल्म  ‘जुरासिक वर्ल्ड: डोमिनियन’ ले विश्वव्यापी बक्स अफिसमा धमाका मच्चाउँदै ४ दिनमा ४ हजार २ सय ८८ करोड रुपैयाँभन्दा बढीको कलेक्सन गरेको छ । यो फिल्मले भारतबाट नै अहिलेसम्म ४५ करोड भारु भन्दा बढी कमाइसकेको छ । सञ्चार माध्यमहरूमा सार्वजनिक रिपोर्टका अनुसार ‘जुरासिक वर्ल्ड: डोमिनियन’ ले भारतबाट ४ दिनमा ४४.५५ करोड भारु कमाएको छ ।

सन् १९९४ देखि चल्दै आएको ‘जुरासिक पार्क’ फ्रेन्चाइजलाई फ्यानहरूले अझै रुचाइरहेको फिल्मको व्यापारले देखाएको छ । यसपटक ‘जुरासिक वर्ल्ड’ मा क्षति पुगेपछि आम मानिसको दैनिकीमा देखिने डायनोसरको कथालाई फिल्ममा देखाइएको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  २ : ५७ बजे

झापाका किसानलाई हात्तीबाट धानबाली जोगाउने चिन्ता

झापा- झापाका किसानमा धान पाक्ने समय नजिकिएसँगै जङ्गली हात्तीबाट बाली

कोदो खेती घट्दो, पिठोको माग उच्च

जुम्ला- पछिल्लो समयमा जिल्लामा कोदो खेती गर्नेको सङ्ख्या घट्ने क्रममा

प्रधानमन्त्री शाहबाट एनपीएल क्रिकेट टोलीलाई शुभकामना

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

ब्राजिलको राष्ट्रपतिमा लुला डा सिल्भा चौथो कार्यकालका लागि निर्वाचित

काठमाडौँ– ब्राजिलको राष्ट्रपतिमा वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा

स्पेनिस ला लिगा : रियल मड्रिडसँग बार्सिलोना पराजित

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ