अपांगता भएका व्यक्तिहरूलाई समान अवसरमा जोड « Khabarhub

अपांगता भएका व्यक्तिहरूलाई समान अवसरमा जोड


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुर उद्योग वाणिज्य संघ तथा रोजगारविहीन अपांगता भएका व्यक्तिहरूका लागि ऊर्जाशील अवसर परियोजनाको संयुक्त तत्वावधानमा विभिन्न प्रकारका अपांग व्यक्तिहरूलाई व्यवसायिक सीप प्रदान गरी रोजगारीमा समान अवसर प्रदान गर्नेसम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । 

कार्यक्रममा संघका अध्यक्ष शिवप्रसाद मानन्धरले परियोजनासँग मिलेर अपांगता भएका व्यक्तिहरूका लागि रोजगारीको अवसर प्रदान गर्न सकिने विश्वास व्यक्त गरे । साथै, आगामी दिनमा यो क्षेत्रमा सहकार्य गर्दै अघि बढ्ने बताए । 

Avatarकार्यक्रममा परियोजनाका कार्यक्रम निर्देशक चिरञ्जीवी शर्माले कुनै पनि देशको विकास र उन्नति त्यो देशको उद्योग व्यापारको अवस्थाले प्रतिबिम्बित गर्ने भएकोले देशको समृद्धिमा उद्यमी व्यवसायीहरूको ठूलो योगदान रहने बताए । अपांगता भएका व्यक्तिहरू पनि देशका नागरिक भएकाले उनीहरूको कमजोरीलाई नभई क्षमता हेरेर समान अवसर प्रदान गरिनुपर्नेमा उनले जोड दिए ।

उनका अनुसार समावेशिताको अवधारणा तब मात्रै सार्थक हुने जब सबै नागरिकले समान अवसर प्राप्त गर्छन । संघका उपाध्यक्ष कृष्णमुरारी न्यौपाने पनि अपांगता भएका व्यक्तिको समानताको आवाज उठाए । 

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  ३ : ०५ बजे

कांग्रेसमा थारूतर्फका तीन पदको मतगणना सुरु

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत थारू क्लस्टरका सहमहामन्त्री, खुला केन्द्रीय सदस्य

कांग्रेसमा ३५ वर्षमुनिका केन्द्रीय सदस्य को-को बने ?

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सात प्रदेशबाट ३५ वर्षमुनिका युवा खुला

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

दाङ – ठगी मुद्दामा फरार रहेका तीन जना प्रतिवादीलाई प्रहरीले

‘एआई मोडलले आफ्नो प्रतिलिपि आफैँ बनाउने दिन टाढा छैन’

काठमाडौं- अमेरिकी एआई कम्पनी एन्थ्रोपिकले स्मार्ट एआई मोडलहरुले आफ्नो प्रतिलिपि

कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित : वासना थापालाई सर्वाधिक मत

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुलातर्फ १५ जना