कोलम्बियामा सैनिक कारवाहीमा फार्क विद्रोहीका छापामार नेता मारिए « Khabarhub

कोलम्बियामा सैनिक कारवाहीमा फार्क विद्रोहीका छापामार नेता मारिए


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ल्याटिन अमेरिकी मुलुक कोलम्बियाको सेनाले कारवाही गर्दा पूर्व छापामार समूहको असन्तुष्ट गुट रिभोलुसनरी आर्म्ड फोर्सेस अफ कोलम्बिया (फार्क) का नेताको मृत्यु भएको छ । मुलुकको दक्षिणपश्चिममा गरिएको सैनिक कारवाहीमा फार्कका नेता मारिएको त्यहाँका राष्ट्रपति इभान डुकले जानकारी दिएका हुन् ।

फार्ककका नेता ‘मेइम्बु’ भनिने लेइडर जोहानी नोस्क्यु बोटोटो मुलुकको दक्षिणपश्चिम क्षेत्रस्थित काकुवा प्रान्तमा पर्ने सुआरेज नगरपालिकाको ग्रामीण इलाकामा रहेको एउटा घरमा अन्य विद्रोहीहरूसँग आफ्नो जन्मदिन मनाइरहँदा सैनिक कारवाहीमा मारिएको जनाइएको छ ।

उनले जन्मदिन मनाइरहँदा सैन्य गुप्तचरले भेटेका थिए । दाहिने हातमा भएको ट्याटुले उनको पहिचान गरिएको समेत राष्ट्रपति डुकले जनाएका छन् ।

‘मेइम्बुलाई अत्यधिक ‘खतरनाक’ लडाकु नेता मानिन्थ्यो र उनको टाउको इनाम दुई लाख ५० हजार अमेरिकी डलर राखिएको थियो ।

‘यो निस्सन्देह फार्क असन्तुष्टहरू विरुद्ध गरिएको सबैभन्दा महत्त्वपूर्ण कारवाहप् मध्ये एक हो, र हामी अगाडि बढ्न जारी राख्नेछौं, हामी दुष्टका प्रतीकहरू जहाँ भए पनि खोजिरहनेछौं । यो कानूनको विजय हो’ डुकले जनाएका छन् ।

फार्क छापामार समूह २०१६ मा निशस्त्र भएर मूलधारको राजनीतिमा सहभागि भएको थियो । यद्यपि सो समूहका केही विद्रोहीहरूले भने छापामार युद्धलाई निरन्तरता दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  ३ : ३० बजे

लोकतन्त्रलाई अलोकतान्त्रिक ढङ्गले हुत्त्याउने प्रवृत्तिको अन्त्य हुनुपर्छ : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार अलोकतान्त्रिक, असामाजिक

नेपालको अर्थतन्त्र : वैदेशिक सूचक बलियो बन्दा व्यापार घाटा र महँगी भने बढ्यो

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना (भदौसम्म)

भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृति

काठमाडौँ– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

एमालेको नीति अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको थिङ्क ट्याङ्का

बाढी प्रभावितलाई चार लाख बढी सहयोग

काठमाडौँ– राष्ट्रिय अनुसन्धान विभाग पूर्वकर्मचारी सङ्घले भोटेकोशी बाढी पीडितलाई सहयोग