कोलम्बियामा सैनिक कारवाहीमा फार्क विद्रोहीका छापामार नेता मारिए | Khabarhub Khabarhub

कोलम्बियामा सैनिक कारवाहीमा फार्क विद्रोहीका छापामार नेता मारिए


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ल्याटिन अमेरिकी मुलुक कोलम्बियाको सेनाले कारवाही गर्दा पूर्व छापामार समूहको असन्तुष्ट गुट रिभोलुसनरी आर्म्ड फोर्सेस अफ कोलम्बिया (फार्क) का नेताको मृत्यु भएको छ । मुलुकको दक्षिणपश्चिममा गरिएको सैनिक कारवाहीमा फार्कका नेता मारिएको त्यहाँका राष्ट्रपति इभान डुकले जानकारी दिएका हुन् ।

फार्ककका नेता ‘मेइम्बु’ भनिने लेइडर जोहानी नोस्क्यु बोटोटो मुलुकको दक्षिणपश्चिम क्षेत्रस्थित काकुवा प्रान्तमा पर्ने सुआरेज नगरपालिकाको ग्रामीण इलाकामा रहेको एउटा घरमा अन्य विद्रोहीहरूसँग आफ्नो जन्मदिन मनाइरहँदा सैनिक कारवाहीमा मारिएको जनाइएको छ ।

उनले जन्मदिन मनाइरहँदा सैन्य गुप्तचरले भेटेका थिए । दाहिने हातमा भएको ट्याटुले उनको पहिचान गरिएको समेत राष्ट्रपति डुकले जनाएका छन् ।

‘मेइम्बुलाई अत्यधिक ‘खतरनाक’ लडाकु नेता मानिन्थ्यो र उनको टाउको इनाम दुई लाख ५० हजार अमेरिकी डलर राखिएको थियो ।

‘यो निस्सन्देह फार्क असन्तुष्टहरू विरुद्ध गरिएको सबैभन्दा महत्त्वपूर्ण कारवाहप् मध्ये एक हो, र हामी अगाडि बढ्न जारी राख्नेछौं, हामी दुष्टका प्रतीकहरू जहाँ भए पनि खोजिरहनेछौं । यो कानूनको विजय हो’ डुकले जनाएका छन् ।

फार्क छापामार समूह २०१६ मा निशस्त्र भएर मूलधारको राजनीतिमा सहभागि भएको थियो । यद्यपि सो समूहका केही विद्रोहीहरूले भने छापामार युद्धलाई निरन्तरता दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  ३ : ३० बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग