क्यानाडाका प्रधानमन्त्रीलाई दोस्रोपटक कोरोना सङ्क्रमण « Khabarhub

क्यानाडाका प्रधानमन्त्रीलाई दोस्रोपटक कोरोना सङ्क्रमण


३१ जेष्ठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । उनलाई दोस्रो पटक कोरोना भाइरसको सङ्क्रमण भएको जनाइएको छ ।

प्रधानमन्त्री ट्रुडोले आफूलाई दोस्रो पटक कोरोना भाइरस सङ्क्रमण भएको सामाजिक सञ्जाल ट्विटरमार्फत् जानकारी दिएका हुन् । उनले आफूलाई कोरोना भाइरसको सङ्क्रमण भए पनि त्यस्तो कुनै स्वास्थ्य समस्या भने नदेखिएको बताएका छन् ।

उनले ट्विटमा लेखेका छन्– ‘मैले कोरोना भाइरसका विरुद्धको सबै मात्रा खोप लगाएको छु, त्यसैले मलाई कुनै असर देखिएको छैन । त्यसैले तपाइँहरु पनि सबैले यो खोप लगाउनुहोला ।’

गत हप्तामात्र उने अमेरिकाको लस एन्जलस सहरको भ्रमण गरेका थिए । त्यस क्रममा उनले अमेरिकी राष्ट्रपति जो बाइडेनसहित अरु पनि केही अमेरिकी अधिकारीसँग भेटवार्ता गरेका थिए ।

क्यानाडाको प्रधानमन्त्री कार्यालयका अनुसार उनी आइतबार अमेरिकाबाट स्वदेश फर्किएका थिए र सोमबार पूर्व निर्धारित बैठकमा सहभागी भएका थिए ।

उनलाई कुनै स्वास्थ्य समस्या नदेखिएको भए पनि हाल घरमै एकान्तमा रहने कार्यालयको काम गर्ने जनाइएको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  ३ : ४७ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया