कांग्रेसले मुख्यमन्त्रीमा दाबी गर्दैन : इन्द्रबहादुर बानियाँ | Khabarhub Khabarhub

कांग्रेसले मुख्यमन्त्रीमा दाबी गर्दैन : इन्द्रबहादुर बानियाँ


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बहादुर बानियाँले कांग्रेसले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी नगर्ने बताएका छन् ।

मंगलबार स्थानीय तह निर्वाचन २०७९ मा नेपाली कांग्रेस बागमती प्रदेशबाट निर्वाचित जनप्रतिनिधिहरूलाई बधाई तथा परिचयात्मक कार्यक्रममा बोल्दै बानियाँले सहमति अनुसार मुख्यमन्त्री कांग्रेसलाई नछोडे पनि कांग्रेसले जबरजस्ती नगर्ने बताएका हुन् । ‘प्रदेश सरकारको बजेट भाषणपछि मुख्यमन्त्री कांग्रेसलाई दिने सहमति भएको छ’, बानियाँले भने ‘कांग्रेसलाई छोडेको खण्डमा ठिकै छ, नत्र कांग्रेसले जबरजस्ती गर्दैन ।’

अहिले बागमती प्रदेशको मुख्यमन्त्री नेकपा एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डे छन् । कार्यक्रममा बोल्दै बानियाँले पार्टी र पार्टीभित्रका व्यक्तिको चरित्र ठिक नभएका कारण एमालेले हार ब्यहोर्नुपरेको बताए । ‘पार्टी र व्यक्तिको चरित्र ठिक नभएका कारण एमालेले हार व्यहोरेको हो,’ उनले भने ‘कांग्रेसले नराम्रो काम गरेन, हल्लाको पछाडि जनता लाग्दैनन् भन्ने जनताले देखाइदिएका छन्’ । पार्टीको सिद्धान्त, नीति र नेताको आदर्शले चुनाव जितिने बताउँदै बानियाँले धेरै तडक भडक गरेर भिड बोकेर हिँड्नु गलत भएको बताएका हुन् । उनले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा पनि गठबन्धन हुने बताएका छन् ।

स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका प्रतिनिधिहरूले जितेको ठाउँमा प्रदेशसभा र प्रतिनिधिसभामा जितेन भने अहिले जितेका जनप्रतिनिधिप्रति प्रश्न खडा हुने बानियाँले बताए । अहिले जितेका जनप्रतिनिधिहरूलाई अबको ५ वर्षपछिको निर्वाचनमा आवश्यक परे अरुलाई अवसर दिन सक्नुपर्ने उनले बताए ।

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  ४ : २९ बजे

चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ : मन्त्री बस्नेत

चितवन– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकार चिकित्सा शिक्षा ऐन

संसद सचिवालयका महासचिव गौतमले दिए राजीनामा

काठमाडौँ– संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले पदबाट राजीनामा

युथ एक्सचेन्ज कार्यक्रममा भाग लिन नेपाली सेनाको टोली पाकिस्तान प्रस्थान

काठमाडौँ– नेपाली सेनाको एक टोली आज बिहान पाकिस्तान प्रस्थान गरेको

एनसेल घोटाला प्रकरणमा प्रधानमन्त्रीदेखि पूर्व प्रधानमन्त्रीका परिवारको संलग्नता

काठमाडौं- नेपालमा झाँगिएर गएको भ्रष्टाचार नै लोकतन्त्र संस्थागत गर्ने मार्गमा

सत्ता गठबन्धनका नेताहरूको बैठक जारी

काठमाडौँ– सत्ता गठबन्धनका नेताहरूको बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास