राजामौलीको फिल्ममा ऐश्वर्याको चर्चा  « Khabarhub

राजामौलीको फिल्ममा ऐश्वर्याको चर्चा 


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन पछिल्लो समय साउथ फिल्ममा व्यस्त छिन् । साउथका सुपरस्टार रजनीकान्तसँग रोबोर्टमा अभिनय गरेपछि उनले साउथमा राम्रो फ्यान फलोअर्स बनाएकी छिन् । उनी पछिल्लो समय मणि रत्नको फिल्म ‘पीएस वान’ मा काम गरिरहेकी छिन् । यसबाहेक उनलाई रजनीकान्तसँग अफर गरिएको फिल्मको लागि ‘ओके’ भनिसकेकी छिन् । यसको टाइटल अझै राखिएको छैन । नर्थ इन्डियासमेत साउथ इन्डियन फिल्मको वर्चश्व बढ्न थालेपछि ऐश्वर्याले साउथको अफरलाई नकार्न सकेकी छैनन् । 

प्रान्तीय फिल्मको रुपमा केही वर्ष अगाडिसम्म परिभाषित हुने साउथ इन्डियन फिल्मले अहिले विश्वमा पहिचान स्थापित गरिसकेको छ । फलतः बलिउडका कलाकार पनि साउथ फिल्ममा स-सानो रोलमा देखिन थालेका छन् । ‘बाहुबली’ मार्फत निर्देशक एसएस राजामौलीले साउथ फिल्मलाई विश्वभर पुर्‍याए । यिनै राजामौलीले एक फिल्मको लागि ऐश्वर्यालाई अफर गरेको चर्चा छ । तेलुगू सुपरस्टार महेश बाबूलाई लिएर एडभेन्चर-थ्रिलर फिल्म बनाउने तयारीमा रहेका राजामौलीले बलिउड सुन्दरी ऐश्वर्यालाई अफर गरेका हुन् । 

उनले नयाँ फिल्मका लागि ऐश्वर्यासँग छलफल गरेको भारतीय मिडियामा समाचार छ । यद्यपि दुवै पक्षले यसबारे बोलेका छैनन् । ऐश्वर्या, राजामौलीसँग काम गर्न इच्छुक रहेको बताइन्छ । किनकी निर्देशनमा राजमौलीले आफ्नो छुट्टै ब्राण्ड बनाइसकेका छन् । हेरौँ, विश्व सुन्दरीलाई लिएर निर्देशक राजमौलीले कस्तो फिल्म -कल्पना- गरेका छन् ।

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  ४ : ३७ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल