चीनलाई उछिन्दै अमेरिका बन्यो भारतको सबैभन्दा ठूलो व्यापारिक साझेदार « Khabarhub

चीनलाई उछिन्दै अमेरिका बन्यो भारतको सबैभन्दा ठूलो व्यापारिक साझेदार


३१ जेष्ठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आर्थिक वर्ष सन् २०२१–२२ मा चीनलाई उछिन्दै अमेरिका भारतको सबैभन्दा ठूलो साझेदार बनेको छ । भारतीय व्यापार मन्त्रालयले सार्वजनिक गरेको नयाँ तथ्यांक अनुसार आर्थिक वर्ष सन् २०२१–२२ मा अमेरिका र भारतबीच १ खर्ब १३ अर्ब ४२ करोड डलर बराबरको द्विपक्षीय व्यापार भएको छ ।

अघिल्लो आर्थिक वर्षमा भारत र अमेरिकाबीच ८० अर्ब ५१ करोड डलर बराबरको द्विपक्षीय व्यापार भएको भारतीय व्यापार मन्त्रालयलाई उद्धृत गर्दै भारतीय आर्थिक समाचार पोर्टल इकोनोमिक टाइम्सले जनाएको छ ।

यसको तुलनामा भारतले चीनसँग आव २०२१–२२ मा १ खर्ब १५ अर्ब ४२ करोड बराबरको व्यापार गरेको छ । अघिल्लो वर्षमा चीन र भारतबीच ८६ अर्ब ४० करोड बराबरको द्विपक्षीय व्यापार भएको जनाइएको छ ।

आर्थिक वर्ष २०२१–२२ मा भारतले अमेरिकातर्फ ७६ अर्ब ११ करोडको निर्यात गरेको छ । त्यस्तै, अमेरिकाबाट भारतले ४३ अर्ब ३१ करोड डलरको सामान आयात गरेको जनाइएको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  ४ : ४३ बजे

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयहरूमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट

आज महाअष्टमी पर्व मनाइँदै : कुन-कुन शक्तिपिठमा हुँदैछ पूजा ?

काठमाडौँ – आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६