चीनलाई उछिन्दै अमेरिका बन्यो भारतको सबैभन्दा ठूलो व्यापारिक साझेदार « Khabarhub

चीनलाई उछिन्दै अमेरिका बन्यो भारतको सबैभन्दा ठूलो व्यापारिक साझेदार


३१ जेष्ठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आर्थिक वर्ष सन् २०२१–२२ मा चीनलाई उछिन्दै अमेरिका भारतको सबैभन्दा ठूलो साझेदार बनेको छ । भारतीय व्यापार मन्त्रालयले सार्वजनिक गरेको नयाँ तथ्यांक अनुसार आर्थिक वर्ष सन् २०२१–२२ मा अमेरिका र भारतबीच १ खर्ब १३ अर्ब ४२ करोड डलर बराबरको द्विपक्षीय व्यापार भएको छ ।

अघिल्लो आर्थिक वर्षमा भारत र अमेरिकाबीच ८० अर्ब ५१ करोड डलर बराबरको द्विपक्षीय व्यापार भएको भारतीय व्यापार मन्त्रालयलाई उद्धृत गर्दै भारतीय आर्थिक समाचार पोर्टल इकोनोमिक टाइम्सले जनाएको छ ।

यसको तुलनामा भारतले चीनसँग आव २०२१–२२ मा १ खर्ब १५ अर्ब ४२ करोड बराबरको व्यापार गरेको छ । अघिल्लो वर्षमा चीन र भारतबीच ८६ अर्ब ४० करोड बराबरको द्विपक्षीय व्यापार भएको जनाइएको छ ।

आर्थिक वर्ष २०२१–२२ मा भारतले अमेरिकातर्फ ७६ अर्ब ११ करोडको निर्यात गरेको छ । त्यस्तै, अमेरिकाबाट भारतले ४३ अर्ब ३१ करोड डलरको सामान आयात गरेको जनाइएको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  ४ : ४३ बजे

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ