सुडानको डार्फरमा भएको हिंसामा १०० जनाको मृत्यु « Khabarhub

सुडानको डार्फरमा भएको हिंसामा १०० जनाको मृत्यु


३१ जेष्ठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफ्रिकी मुलुक सुडानको डार्फर क्षेत्रमा पछिल्लो एक हप्तामा झण्डै १०० मानिस मारिएका छन् ।

संयुक्त राष्ट्रसङ्घीय निकायले सार्वजनिक गरेको विवरणअनुसार सुडानको पश्चिमी डार्फर क्षेत्रमा हिंसात्मक आक्रमणमा १ सय भन्दा धेरै मानिस मारिएका हुन् ।

डार्फरको कुल्बुसमा लामो समयदेखि हिंसात्मक घटना हुँदै गएकाले त्यसैमा परेर उनीहरुको मृत्यु भएको राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी निकायले जनाएको छ ।

स्थानीय अरब लडाकुले विभिन्न गाउँमा आक्रमण गर्दै आएका छन् । निरन्तर आक्रमणका कारण हजारौँ मानिस विस्थापित पनि भएको जनाइएको छ । राष्ट्रसङ्घीय अधिकारीले हिंसात्मक घटना निरन्तर भइरहेकाले मानवीय क्षति पनि भइरहेको बताएका छन् ।

उनीहरुले हिंसा अन्त्य गर्नेगरी तत्काल समस्या समाधानका उपाय खोज्न पनि सरोकारवालालाई आग्रह गरेका छन् । जनताको जीवन रक्षाका लागि स्थानीय अगुवा, अधिकारप्राप्त व्यक्ति, सुरक्षाकर्मीलगायत सबैले ध्यान दिनुपर्नेमा पनि उनीहरुले जोड दिएका छन् ।

डार्फर क्षेत्रमा सन् २००३ देखि गृह युद्ध भइरहेको छ । तत्कालिन राष्ट्रपति ओमर अल बशिर विरुद्ध सुरु भएको द्वन्द्व अहिले पनि चलिरहेको छ । राष्ट्रपति बशिरलाई भने सन् २०१९ को अप्रिलमा अपदस्थ गरिएको थियो । त्यसपछि भएका विभिन्न सहमती तथा सम्झौता पालना नभएकाले द्वन्द्व चलिरहेको बताइएको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  ४ : ५० बजे

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा