विमानवाहक युद्धपोतका लागि भारतले २६ लडाकु विमान खरिद गर्ने « Khabarhub

विमानवाहक युद्धपोतका लागि भारतले २६ लडाकु विमान खरिद गर्ने


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लडाकु विमानवाहक युद्धपोत आईएनएस विक्रान्तका लागि २६ लडाकु विमान खरिद गर्ने भएको छ । आफ्नै मुलुकमा उत्पादन हुने लडाकु विमान भारतीय नौसेनामा तैनाथ हुन अझै दशक लाग्नसक्ने भएकाले तत्कालका लागि भारतले २६ लडाकु विमान खरिद गर्न लागेको भारतीय अखबार हिन्दुस्तान टाइम्सले जनाएको छ ।

भारतीय नौसेनाको आगामी लडाकु विमानवाहक युद्धपोत विक्रान्तका लागि भारत सरकारले अन्तर सरकारी सम्झौता (जीटुजी) प्रक्रियामार्फत् २६ लडाकु विमान खरिद गर्न लागेको जनाइएको छ ।

यसका लागि फ्रान्सेली लडाकु विमान रफायल मरिनले गत जनवरीमा भारतको गोवामा रहेको नौसैनिक अखडामा परीक्षण उडान गरेको हिन्दुस्तान टाइम्सले जनाएको छ ।

त्यस्तै, अमेरिकी लडाकु विमान एफ १८ सुपर होर्नेटको परीक्षण उडान बुधबार सम्पन्न हुने जनाइएको छ ।

२६ मध्ये भारतीय नौसेनालाई ८ वटा दुई इन्जिन भएका प्रशिक्षण लडाकु विमान पनि आवश्यक रहेको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ । यी प्रशिक्षण लडाकु विमानलाई आवश्यक परेको समयमा युद्धमैदानमा पनि प्रयोग गरिने बताइएको छ ।

आइएनएस विक्रान्तलाई यो वर्षको स्वतन्त्रता दिवस अर्थात् १५ अगष्टमा नरेन्द्र मोदीले औपचारिक रुपमा भारतीय नौसेनामा तैनाथ गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  ५ : ०२ बजे

किमद्वारा विदेशी मोर्चामा खटिएका उत्तर कोरियाली सैनिकको प्रशंसा

सियोल- उत्तर कोरियाली नेता किम जोङ उनले देशको ७८औँ स्थापना दिवसका

संसद्‍मा उठाइयो अस्पतालले भर्ना नलिएर फुटपाथमै बच्चा जन्माएकी महिलाको पीडा

काठमाडौं– सांसदहरूले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले भर्ना नलिएपछि स्थानीय

अस्पतालको गेटमै बच्चा जन्माउन बाध्य भइन् बबिता, सांसदहरूले भने : पैसा नहुने गरिबले यो देशमा उपचार नपाउने हो ?

राजविराज- सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेटबाहिर एक महिलाले

जलवायु असर अन्तर्राष्ट्रिय मञ्चमा उठाउन सरकारलाई सुझाव

काठमाडौं– कृषि तथा प्राकृतिक स्रोत समितिले हिमाली तथा उच्च जोखिमयुक्त

उद्योगमन्त्री गौरी कुमारीले दिइन् राजीनामा

काठमाडौं- उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले राजीनामा बुझाएकी