खेलकुद मन्त्री महेश्वर गहतराजसहितको नेपाली प्रतिनिधि मण्डल रुस पुग्यो « Khabarhub

खेलकुद मन्त्री महेश्वर गहतराजसहितको नेपाली प्रतिनिधि मण्डल रुस पुग्यो


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) मस्को पुगेका छन् । सोमबार बिहान नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै रुसको पाँच दिने औपचारिक भ्रमणमा निस्कीएका मन्त्री अथक दुबई हुँदै आज बिहान रुसको राजधानी मस्को पुगेका हुन् । मस्को विमानस्थलमा मन्त्री अथकसहितको नेपाली प्रतिनिधि मण्डललाई नेपाली दुतावास तथा एन.आर.एन. का प्रतिनिधिले स्वागत गरेका छन । रसिया सरकारका खेलकुद मन्त्री ओलेग भी म्याटिसिनको औपचारिक निमन्त्रणामा रुस पुगेका मन्त्री अथकले आजै खेलकुद मन्त्री म्याटिसिनसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको मन्त्रालयका सचिव दामोदर रेग्मीले जानकारी दिए ।

No description available.पाँच दिने भ्रमणका क्रममा मन्त्री अथकले “रसिया–नेपाल खेलकुद सहयोग कार्ययोजना २०२२/२०२३” मा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । साथै रुसले खेलकुद क्षेत्रको विकासका लागि अवलम्बन गरेको नीति तथा खेलकुद विश्वविद्यालय सञ्चालनको प्रक्रियाका बारेमा समेत जानकारी लिनुका साथै अन्तर्राष्ट्रिय रंगशाला तथा खेलकुद संग्राहलयको समेत अनुगमन गर्ने कार्यक्रम रहेको छ । भ्रमणकै दौरान मन्त्री अथकले अन्तराष्ट्रिय बक्सिङ संघका अध्यक्ष उमार क्रेमलेम, बक्सिङ महासंघ रसियाका महासचिव लगायत विभिन्न खेलसँग सम्बन्धित संस्थाका प्रतिनिधिहरूसँग नेपालको समग्र खेलकुद क्षेत्रको विकास तथा पारस्परिक सहयोगका विषयमा समेत कुटनैतिक भेटघाट तथा छलफल गर्ने कार्यक्रम तय भएको छ । 

मन्त्रालयका सचिव डा. दामोदर रेग्मीसहित रुसको भ्रमणमा रहेका मन्त्री अथक असार ३ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ । 

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  ५ : १८ बजे

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका