खेलकुद मन्त्री महेश्वर गहतराजसहितको नेपाली प्रतिनिधि मण्डल रुस पुग्यो « Khabarhub

खेलकुद मन्त्री महेश्वर गहतराजसहितको नेपाली प्रतिनिधि मण्डल रुस पुग्यो


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) मस्को पुगेका छन् । सोमबार बिहान नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै रुसको पाँच दिने औपचारिक भ्रमणमा निस्कीएका मन्त्री अथक दुबई हुँदै आज बिहान रुसको राजधानी मस्को पुगेका हुन् । मस्को विमानस्थलमा मन्त्री अथकसहितको नेपाली प्रतिनिधि मण्डललाई नेपाली दुतावास तथा एन.आर.एन. का प्रतिनिधिले स्वागत गरेका छन । रसिया सरकारका खेलकुद मन्त्री ओलेग भी म्याटिसिनको औपचारिक निमन्त्रणामा रुस पुगेका मन्त्री अथकले आजै खेलकुद मन्त्री म्याटिसिनसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको मन्त्रालयका सचिव दामोदर रेग्मीले जानकारी दिए ।

No description available.पाँच दिने भ्रमणका क्रममा मन्त्री अथकले “रसिया–नेपाल खेलकुद सहयोग कार्ययोजना २०२२/२०२३” मा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । साथै रुसले खेलकुद क्षेत्रको विकासका लागि अवलम्बन गरेको नीति तथा खेलकुद विश्वविद्यालय सञ्चालनको प्रक्रियाका बारेमा समेत जानकारी लिनुका साथै अन्तर्राष्ट्रिय रंगशाला तथा खेलकुद संग्राहलयको समेत अनुगमन गर्ने कार्यक्रम रहेको छ । भ्रमणकै दौरान मन्त्री अथकले अन्तराष्ट्रिय बक्सिङ संघका अध्यक्ष उमार क्रेमलेम, बक्सिङ महासंघ रसियाका महासचिव लगायत विभिन्न खेलसँग सम्बन्धित संस्थाका प्रतिनिधिहरूसँग नेपालको समग्र खेलकुद क्षेत्रको विकास तथा पारस्परिक सहयोगका विषयमा समेत कुटनैतिक भेटघाट तथा छलफल गर्ने कार्यक्रम तय भएको छ । 

मन्त्रालयका सचिव डा. दामोदर रेग्मीसहित रुसको भ्रमणमा रहेका मन्त्री अथक असार ३ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ । 

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  ५ : १८ बजे

काठमाडौं महानगर : ज्येष्ठ नागरिकका लागि घरमै स्वास्थ्य सेवा

काठमाडौं– ७० वर्षमाथिका सहयोगापेक्षी ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा

कुन्ती पोखरेलको ठहर : जितेका उम्मेदवारले निर्वाचनक्षेत्र फेर्दा जनता ठगिए 

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य कुन्ती पोखरेलले यसपटकको

मध्यपूर्व तनावबीच अमेरिका–इजरायल–साउदी अरब हतियार सम्झौता

एजेन्सी– संयुक्त राज्य अमेरिकाले इजरायल र साउदी अरबलाई ठूलो परिमाणमा

सातवटै प्रदेशका क्षेत्रको मतपत्रको नमूना सार्वजनिक

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

कङ्गोमा कोल्टान खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु

एजेन्सी– अफ्रिकी देश कङ्गोको रुबाया क्षेत्रमा अवस्थित कोल्टान खानीहरूमा भएको