अर्थ मन्त्रालयमा मध्यराति अनधिकृत व्यक्ति प्रवेशबारे छानबिन गर्न संसदीय समितिको माग « Khabarhub

अर्थ मन्त्रालयमा मध्यराति अनधिकृत व्यक्ति प्रवेशबारे छानबिन गर्न संसदीय समितिको माग


३१ जेष्ठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल एमालेले अर्थ मन्त्रालयमा मध्यराति अनधिकृत व्यक्ति प्रवेश गरी करको दर परिवर्तन गरिएको भनिएको विषयमा छानबिन गर्न संसदीय समिति गठनको माग गरेको छ ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश नगरेको र राज्यको नीति नियम र प्रक्रियाभित्र रहेर बजेट निर्माण गरिएको जवाफ दिएपछि एमालेले संसदीय छानबिन समिति गठनको माग गरेको हो ।

१४ जेठमा अर्थमन्त्री शर्माले मध्यराति दुई जना अधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर परिवर्तन गराएको समाचार सार्वजनिक भएपछि यसको चौतर्फी विरोध भइरहेको छ ।

उक्त घटना वित्तीय अपराध रहेको भन्दै संसद् बैठकमा एमाले प्रमुख सचेतक विशाल भट्टराईले सो घटनाबारे छानबिन गर्न संसदीय समिति गठन र उक्त दिनको मन्त्रालयको सीसीटिभी फुटेज सार्वजनिक गर्न सभामुख अग्निप्रसाद सापकोटासँग माग गरे ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  ५ : ३० बजे

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको