निर्वाचन आयोगले असार १ गतेबाट पुनः मतदाता नामावली संकलन गर्ने  | Khabarhub Khabarhub

निर्वाचन आयोगले असार १ गतेबाट पुनः मतदाता नामावली संकलन गर्ने 


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगले बुधबार (असारगते) बाट पुनः मतदाता नामावली संंकलन तथा अद्यावधिक कार्य सुरु गर्ने भएको छ । आयोगले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी दिएको हो । ‘सबै निर्वाचन कार्यालयहरू र सबै जिल्ला प्रशासन कार्यालय एवं ७३ वटा इलाका प्रशासन कार्यालयबाट यही असार १ गते देखि मतदाता नामावली संकलन गरिने छ ,’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने । 

पेशा, व्यवसाय वा अन्य कुनै कारणले कुनै एक जिल्लामा बसोवास गरिरहेको नागरिकले निजको स्थायी ठेगानामा रहने गरी हाल अस्थायी बसोबास गरिरहेको जिल्लाकै निर्वाचन कार्यालय गई मतदाता नामावली दर्ता गर्न सक्ने उनले बताए । मतदाता नामावलीमा रहेको आफ्नो नाम, ठेगाना, जन्म मिति, लगायतका विवरण सच्याउनलाई प्रमाणसहित निवेदन दिएमा नाम दर्ता निर्वाचन अधिकारीले आवश्यक निर्णय गरी त्रुटि सच्याउने समेत उनले जनाए ।  प्रवक्ता पौडेलका अनुसार कुनै मतदाताले विवाह वा बसाइ सरेको कारण मतदाता नामावलीमा रहेको आफ्नो ठेगाना परिवर्तन गर्न चाहेमा साविकमा नाम दर्ता भएको जिल्ला वा नाम सार्न चाहेको जिल्लाको निर्वाचन कार्यालयमा निवेदन दिन सक्नेछ ।

कुनै मतदाताले आफ्नो नाम रहेको मतदान स्थलबाट पायक पर्ने सोही वडाको अर्को मतदान स्थलमा नाम सार्न निवेदन दिएमा सोही बमोजिम स्थानान्तरण गरिदिने पनि उनले जानकारी दिए । 

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  ५ : २९ बजे

सोमालियामा बाढीबाट १०० को मृत्यु

संयुक्त राष्ट्रसङ्घ– सोमालियामा भारी वर्षाका कारण आएको बाढीका कारण झण्डै

 गजुरेलको ‘जोक’ जस्तो जिन्दगी !

काठमाडौं– ताप्लेजुङको मामाङ्खे गाउँमा २०३० सालमा जन्मिएका चर्चित हास्यकलाकार मनोज

राजावादीको खोल ओढेर ऋण मिनाहा गर्न दबाब दिनु हास्यास्पद : माधव नेपाल 

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजावादीको खोल ओढेर

औषधिजन्य फोहर निर्मूलीकरणमा समस्या

राँझा– बाँकेको बैजनाथ गाउँपालिकास्थित वनकटवा प्राथमिक स्वास्थ्य केन्द्रमा अटोक्लेभ (औषधिजन्य

पेरिस सम्झौता कार्यान्वयन गर्न ढिला गर्नु हुँदैन : प्रधानमन्त्री

युएई– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेरिस सम्झौता कार्यान्वयन गर्न ढिला