पूजा र आकाश : छायांकनमै देखियो चिसिएको सम्बन्ध  « Khabarhub

पूजा र आकाश : छायांकनमै देखियो चिसिएको सम्बन्ध 


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो समय पूजा शर्मा र आकाश श्रेष्ठ अभिनीत फिल्म ‘सम्झना बिर्सना’ प्रदर्शनको तयारीमा छ । ‘राम कहानी’ बाट स्क्रिनमा जोडी बनेका पूजा र आकाशले त्यसपछि धेरै फिल्ममा अभिनय गरेका छन् । त्यस मध्येकै एक हो, ‘सम्झना बिर्सना’ ।’म यस्तो गीत गाउँछु’ सफल भएपछि नायक पल शाहसँग सम्बन्ध बिग्रिएपछि आकाश ‘राम कहानी’ मा भित्रिएका हुन् । चकलेटी अनुहार खोजिरहेको टिमलाई कसैले आकाश बारे सुझाएपछि टिमअप भयो । टिमअपसँगै पूजा र आकाशको मित्रता र अफेयरको गसिप बन्न थाल्यो । 

यो जोडी पनि फिल्मसँगै म्युजिक भिडियोमा देखिन थाल्यो । यद्यपि उनीहरूले मिडियासामु आफ्नो सम्बन्धलाई कहिले स्वीकार गरेनन् । तर, माया कहाँ लुक्छ र १ उनीहरु बीच यस्तो कुनै लक्षण थिएनन् जसले उनीहरु प्रेममा नभएको संकेत गरोस् । किनकी उनीहरु आफ्नो फिल्म भन्दा बाहिरको इभेन्टमा पनि सँगै पुग्थे । पूजालाई समस्या पर्दा खोजिने नाम आकाश नै थ्यो । तर, यतिबेला यो जोडीको सम्बन्ध हार्दिक छैन । पछिल्लो समय यो जोडीको सम्बन्धको प्रस्ट्याउने झल्क देखियो एक छायांकनमा । ‘संझना बिर्सना’ असारको ३१ गतेबाट रिलिज हुँदैछ । यो फिल्म जेठ ६ गते नै रिलिज हुनुपर्ने हो, तर हुन सकेन । यसको फाइदा उठाउँदै यसको निर्माणपक्षले एउटा गीतको छायांकन गरेको छ ।

जहाँ पूजा र आकाशको बिग्रिएको सम्बन्ध प्रस्टियो । एक क्लब पश्चात भक्तपुर दरबार स्क्वायर फिल्मको गीतको छायांकन भयो । छायांकनको अन्तिम दिन सञ्चारकर्मीलाई समेत रिपोर्टिङमा निम्त्याइयो । छायांकनमा आकाश र पूजाको चिसिएको सम्बन्ध छताछुल्ल भयो । सेटमा रहेका मानिसका अनुसार दुवैले सुटिङमा राम्रोसँग एक अर्कालाई सघाउँदै सघाएनन् । दुवैको एक अर्कासँग बोलचाल पनि बन्द रहेको देखिएको थियो । यसको असर गीत सार्वजनिक हुँदा प्रत्यक्ष देखिने सुटिङ सेटमा रहेका मानिसको ठहर थियो । 

छायांकनका क्रममा पूजा र आकाश एक अर्काको अँगालोमा देखिए । तर, कोरियोग्राफर रामजी लामिछानेले कट भन्ने बित्तिकै पूजा र आकाश आफ्नो सुरमा लाग्थे । उनीहरूबीच खासै कुराकानी पनि भएन । गीत छायांकन गर्दा कहिले आकाश त कहिले पूजाको क्लोजअप सिन खिचिन्थ्यो । आ-आफ्नो सिन खिचेपछि दुवै अपरिचित झैं बेग्ला बेग्लै बस्थे । न हेराहेर छ न बोलचाल । गीत छायांकनकै क्रममा दुवैले एकसाथ गीतमा नृत्य गर्ने पालो आयो । कोरियोग्राफर लामिछानेका दुई असिस्टेन्टले आकाश र पूजालाई डान्स स्टेप सिकाए । उनीहरूले एकअर्काको मुख नहेरी डान्स स्टेप फलो गरे ।

कहिले पूजा र आकाशको डान्स स्टेप बिग्रिन्थ्यो त कहिले प्राविधिक कुरा मिल्दैन थियो । उनीहरूले न एकअर्कालाई हेर्नु छ न त केही बोलचाल छ । डान्स स्टेप बिग्रँदा उनीहरूले एकअर्कालाई सहयोग पनि गरेनन् । त्यो दृश्य हेर्दा यस्तो लाग्थ्यो उनीहरु बाध्यताले एकसाथ काम गरिरहेका छन् र उनीहरु एकअर्काको अनुहार पनि हेर्न चाहँदैनन् । यो फिल्म मात्र होइन आउने केही समय पश्चात दुवैले ‘सम्हालिन्छ कहिले मन’ पनि सँगै प्रमोट गर्नुछ । निकै धुमधामका साथ छायांकन गरिएको फिल्मको प्रमोसनमा पूजा र आकाशले के गर्लान् ? यो भने हेर्न बाँकी छ ।

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  ५ : ३८ बजे

एमालेमा १३ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौं – नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य मनोनीत गरेको

हुथी विद्रोहीका १३६ सैन्य निसाना ध्वस्त पारेको साउदी नेतृत्वको गठबन्धनको दाबी

यमन– साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले हुथी विद्रोहीविरुद्ध ठूलो स्तरको

एमाले स्थायी कमिटीको बैठक सम्पन्न, १३ जना केन्द्रीय कमिटी सदस्य थपिए

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न

चितवनमा तीन हजार ३६२ मतदाता घटे

नारायणगढ– जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने क्रममा

चितवनमा तीन हजार ३६२ मतदाता घटे

नारायणगढ (चितवन)- जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने