प्रधानमन्त्रीको अमेरिका भ्रमणलाई शङ्काको दृष्टिले नहेरौँ : परराष्ट्रमन्त्री खड्का « Khabarhub

 प्रधानमन्त्रीको अमेरिका भ्रमणलाई शङ्काको दृष्टिले नहेरौँ : परराष्ट्रमन्त्री खड्का


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- परराष्ट्रमन्त्री नारायण खड्काले प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी भएको अमेरिका भ्रमणलाई शङ्काले नहेर्न आग्रह गरेका छन् ।

मंगलबार प्रतिनिधिसभामा जवाफ दिँदै परराष्ट्रमन्त्री नारायण खड्काले द्विपक्षीय भ्रमण तथा भेटघाट नेपालले अवलम्बन गर्दै आएको स्वतन्त्र, सन्तुलित परराष्ट्र नीतिलाई ध्यानमा राख्दै तय गरिने भन्दै त्यसमा शङ्का नगर्न आग्रह गरे ।

उनले भने, ‘अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रतिष्ठा बढेको छ, यो सरकारले लिएको नीतिका कारण हो। नेपालसँग १७६ देशसँग दैत्य सम्बन्ध कायम भएको छ।’ सम्बन्ध विस्तारका लागि भेटघाट र भ्रमण स्वाभाविक भएकाले त्यसलाई शङ्का गर्न नहुने उनले उल्लेख गरे।

असार अन्तिममा हुने देउवाको अमेरिका भ्रमणका क्रममा एसपीपी सम्झौतामा हस्ताक्षर गर्ने तयारी छ। हालसालै सार्वजनिक भएको सम्झौताको उक्त मस्यौदामा अमेरिकी सेनालाई नेपालमा सहज उपस्थिति दिनेछ।

सम्झौता मात्रै नभई प्रधानमन्त्रीको भ्रमणसमेत रोक्नुपर्ने आवाज उठेका बेला मन्त्री खड्काले बचाउ गरेका हुन्।

‘भेटघाटलाई शङ्काले नहेर्न आग्रह गर्दछु। यस्ता भ्रमणले नेपालको सम्बन्ध विस्तार गर्न र देशको छवि बढाउन भूमिका खेलेको छ। विगतका वर्षमा यस्ता भ्रमण भएको थियो, यो भइरहन्छ, उनले अगाडि भने, ‘नेपालको स्वाधीनता, स्वतन्त्रताकालाई ध्यान दिएर भ्रमण हुन्छन्।’

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  ५ : ५७ बजे

कांग्रेस महाधिवेशनको बन्द सत्र : सभापतिको प्रतिवेदनमाथि तीन छुट्टाछुट्टै हलमा छलफल

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र शुरू भएको छ

रौतहटको इँटाभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार

रौतहट- प्रहरीले रौतहटको गुजरा नगरपालिका–५, लक्ष्मीपुरस्थित एक इँटाभट्टामा अलपत्र परेका ४२

कांग्रेस महाधिवेशनको बन्द सत्रमा सभापति थापाले प्रस्तुत गेको प्रतिवेदनमा के छ ? पूर्णपाठ

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत दोस्रो दिनको बन्दसत्रमा

इमरान खानको रिहाइ माग्दै समर्थकको इस्लामावादतर्फ मार्च

इस्लामावाद – पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै उहाँका

अमेरिकी नाकाबन्दीबीच इरानका तेलमन्त्रीले दिए राजीनामा

तेहरान- संयुक्त राज्य अमेरिकाले इरानको पेट्रोलियम निर्यात रोक्न कडा नौसैनिक नाकाबन्दी