लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री वलीविरुद्ध मिनाले दिइन् उजुरी « Khabarhub

लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री वलीविरुद्ध मिनाले दिइन् उजुरी


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल- लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला वलीविरुद्ध मिना भण्डारी बस्नेतले अभद्र व्यवहारमा जाहेरी दिएकी छन् । मंगलबार बिहान पक्राउ परेकी वलीविरुद्ध मिनाले अपराह्न इलाका प्रहरी कार्यालय तुलसीपुरमा वलीविरुद्ध जाहेरी दिएकी हुन् । जाहेरीमा उनले आफूलाई मिनाले बेड रुममै गएर कुटपिट गरेको बताएकी छन् ।

प्रहरीमा दिएको जाहेरीमा मिनाले विमला बिहान ८ः४५ बजे आफ्नो घरमा आएर ढोकामा हानेपछि आफूले गेट खोलिदिएको बताएकी छन् । त्यसपछि घरभित्र पसेर एकराजको खोजी गरेपछि आफूले मेरो श्रीमान् घर हुनुहुन्न भन्दा विमलाले ‘तेरो श्रीमान् होइन मेरो श्रीमान् हो, तुरुन्तै निकाल’ भन्दै आफूमाथि  आक्रमण गरेको उनको भनाई छ । त्यस क्रममा आफ्नो कपाल लुछेर  आक्रमण गरेको मिनाले जाहेरीमा उल्लेख गरेकी छन् । जाहेरीमा मिनाले आफ्नो ६ वर्षीया छोरीलाई समेत छुटाउन आएको बेला हातपात गरेको उल्लेख गरेकी छन् ।

उता, दाङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्लेले स्वास्थ्य राज्यमन्त्री वलीविरुद्धको किटानी जाहेरी जिल्ला प्रहरी कार्यालयमा दर्ता हुने बताएका छन् । “राज्यमन्त्रीज्यू विरुद्धको जाहेरी जिप्रकामा दर्ता गर्छौ,” एसपी काफ्लेले भने, “ईप्रकाबाट जाहेरी आइपुग्नेबित्तिकै हामी कानुनी प्रक्रिया अगाडि बढाउँछौँ ।”

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  ६ : १८ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार