नेपाल भ्रमणपछि अमेरिकी जनरलले भने- ‘नेपाल भ्रमण र रक्षा साझेदारी प्रति खुशी छु’ « Khabarhub

नेपाल भ्रमणपछि अमेरिकी जनरलले भने- ‘नेपाल भ्रमण र रक्षा साझेदारी प्रति खुशी छु’


३१ जेष्ठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकी सेनाको प्रशन्त क्षेत्रका प्रमुख जनरल चाल्र्स ए. फ्लिनले हालै सम्पन्न आफ्नो नेपाल भ्रमणप्रति खुशी व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत् सन्देश जारी गर्दै जनरल फ्लिनले नेपाल भ्रमण एवम् दशकौँ लामो सहकार्यप्रति खुशी व्यक्त गरेका हुन् ।

उनले ट्विटरमा नेपाल र अमेरिकाबीच दशकौँ लामो रक्षा साझेदारी रहेको उल्लेख गर्दै यसलाई भविष्यमा पनि निरन्तरता दिइने जनाएका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्– ‘यो साता नेपाल भ्रमणका लागि नेपाली प्रधानसेनापति जनरल (प्रभूराम) शर्माप्रति कृतज्ञता व्यक्त गर्न चाहन्छु । हाम्रो दशकौँ लामो रक्षा साझेदारीको कदर गर्दै सहकार्यका लागि अवसरहरुको अपेक्षा गर्दछौँ ।’

 


अमेरिकी सेना प्रशान्त क्षेत्रका प्रमुख जनरल फ्लिन गत बिहीबार नेपाल आएका थिए । चार दिने भ्रमण सकेर उनी आइतबार नेपालबाट फर्केका हुन् ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  ६ : २६ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको