विपद्का घटनाले दुई महिनामा ६५ जनाको ज्यान मृत्यु « Khabarhub

विपद्का घटनाले दुई महिनामा ६५ जनाको ज्यान मृत्यु


३१ जेष्ठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पछिल्लो दुई महिनामा विपद्का घटनामा परी देशभर ६५ जनाको मृत्यु भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०७९ वैशाखदेखि जेठ ३१ गते बिहान १० बजेसम्मको अवधिमा उनीहरूले ज्यान गुमाएका हुन् । पहिरो, चट्याङ, आगलागी, हावाहुरी, सर्प दंश र जनावरको आक्रमणमा परी उनीहरूको मृत्यु भएको हो ।

पछिल्लो दुई महिनामा देशभर ७०२ वटा विपद्का घटना रेकर्ड भएको प्राधिकरणले जनाएको छ । ती घटनामा एक जना बेपत्ता भएका छन् भने १६७ जना घाइते भएका छन् ।

दुई महिनामा विपद्का घटनाबाट ८९९ परिवार प्रभावित भएका छन् ।

विपद्का घटनामध्ये पहिरोमा परी ६, चट्याङ लागेर २६, सर्पको टोकाइबाट ३, आगलागीमा परी १४, हावाहुरीमा परी ८ र जनावरको आक्रमणबाट ८ जनाको मृत्यु भएको प्राधिकरणको तथ्याङ्कले देखाउँछ ।

वैशाख र जेठमा विपद्का घटनाका कारण राज्यले ५१ करोड २८ लाख ५३ हजार ९६० रुपैयाँ बराबरको आर्थिक क्षति व्यहोरेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार सबैभन्दा ठूलो आर्थिक क्षति आगलागीका घटनाले गरेको छ । आगलागीका घटनाले २०७९ साल सुरु भएयता हालसम्म ४६ करोड ७२ लाख ८४ हजार १६० रुपैयाँको आर्थिक क्षति गरेको छ ।

सो अवधिमा पहिरोका कारण ४६ लाख १० हजार रुपैयाँ, बाढीका कारण ४ लाख ३५ हजार रुपैयाँ, भारी वर्षाका कारण ११ लाख ४५ हजार ५ सय रुपैयाँ, चट्याङका कारण ११ लाख ३३ हजार रुपैयाँ, जङ्गल आगलागीका कारण १ करोड २३ लाख ८५ हजार रुपैयाँ, हावाहुरीका कारण २ करोड ५० लाख ७९ हजार ८ सय रुपैयाँ र जनावरको आक्रमणबाट ७ लाख ८० हजार ५ सय रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्राधिकरणले बताएको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  ६ : २९ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको