आयात प्रतिस्थापन गर्नुपर्नेमा जोड « Khabarhub

आयात प्रतिस्थापन गर्नुपर्नेमा जोड


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टिइपिसी) का कार्यकारी निर्देशक शरदविक्रम राणाले व्यापार प्रतिस्थापन गर्नुपर्नेमा जोड दिएका छन् ।भक्तपुर चेम्बरको आयोजनामा मंगलबारदेखि भक्तपुरमा सुरु भएको चारदिने तालिम उद्घाटन गर्दै उनले निर्यातलाई बढाई आयातलाई प्रतिस्थापन गर्नेतर्फ सवैका ध्यान जानु आवश्यक भएको बताए । अहिलेको अवस्थामा निर्यात भन्दा आयात १० गुणाले बढिरहेको भन्दै उनले यसप्रति चिन्ता व्यक्त गरे ।

भक्तपुर चेम्बर अफ कमर्स र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टिइपिसी) को संयुक्त आयोजनामा सम्भावित अन्तराष्ट्रिय बजार पहुँच सम्बन्धी चारदिने तालिम उद्घाटन कार्यक्रममा आयोजक भक्तपुर चेम्बरका अध्यक्ष न्हुछेरत्न मानन्धरले यही मनसायले तालिम सञ्चालन गरेको स्पष्ट पारे ।

Avatarजिल्लामा बसेर आयात निर्यातमा काम गरिरहेका व्यापार व्यवसायीलाई लक्षित गरी तालिम सञ्चालन गरिएको उनले जनाए । उनका अनुसार यस्तो प्रकारको तालिम यो नै जिल्लामा पहिलो हो । तालिममा विभिन्न क्षेत्रका आयात निर्यातसँगै सम्बन्धित २५ व्यवसायीहरू सहभागी रहेको जनाइएको छ । तालिम असार ३ गतेसम्म सञ्चालन हुने छ ।

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  ६ : ४२ बजे

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी

देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं – बाढी, पहिरोलगायतका विपद् तथा जनस्वास्थ्यमा पर्न सक्ने जोखिमलाई

कांग्रेस काठमाडौँ महानगर सभापतिमा वैद्य निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको स्थानीय तह अधिवेशनका क्रममा काठमाडौँ महानगरपालिकाको

राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : आत्मसमर्पण गर्दैनौँ

न्युयोर्क – इरानका राष्ट्रपति मसुद पेजेस्कियन संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा