आयात प्रतिस्थापन गर्नुपर्नेमा जोड « Khabarhub

आयात प्रतिस्थापन गर्नुपर्नेमा जोड


३१ जेष्ठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टिइपिसी) का कार्यकारी निर्देशक शरदविक्रम राणाले व्यापार प्रतिस्थापन गर्नुपर्नेमा जोड दिएका छन् ।भक्तपुर चेम्बरको आयोजनामा मंगलबारदेखि भक्तपुरमा सुरु भएको चारदिने तालिम उद्घाटन गर्दै उनले निर्यातलाई बढाई आयातलाई प्रतिस्थापन गर्नेतर्फ सवैका ध्यान जानु आवश्यक भएको बताए । अहिलेको अवस्थामा निर्यात भन्दा आयात १० गुणाले बढिरहेको भन्दै उनले यसप्रति चिन्ता व्यक्त गरे ।

भक्तपुर चेम्बर अफ कमर्स र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टिइपिसी) को संयुक्त आयोजनामा सम्भावित अन्तराष्ट्रिय बजार पहुँच सम्बन्धी चारदिने तालिम उद्घाटन कार्यक्रममा आयोजक भक्तपुर चेम्बरका अध्यक्ष न्हुछेरत्न मानन्धरले यही मनसायले तालिम सञ्चालन गरेको स्पष्ट पारे ।

Avatarजिल्लामा बसेर आयात निर्यातमा काम गरिरहेका व्यापार व्यवसायीलाई लक्षित गरी तालिम सञ्चालन गरिएको उनले जनाए । उनका अनुसार यस्तो प्रकारको तालिम यो नै जिल्लामा पहिलो हो । तालिममा विभिन्न क्षेत्रका आयात निर्यातसँगै सम्बन्धित २५ व्यवसायीहरू सहभागी रहेको जनाइएको छ । तालिम असार ३ गतेसम्म सञ्चालन हुने छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  ६ : ४२ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको