नेपाली सेनाद्वारा सञ्चालित ‘हातेमालो ४’ अभ्यास सम्पन्न « Khabarhub

नेपाली सेनाद्वारा सञ्चालित ‘हातेमालो ४’ अभ्यास सम्पन्न


३१ जेष्ठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली सेनाद्वारा सञ्चालित ‘हातेमालो ४’ अभ्यास सम्पन्न भएको छ । विपद् व्यवस्थापनलाई थप व्यवस्थित तथा प्रभावकारी बनाउनका लागि भन्दै नेपाली सेनाले सरोकारवाला मन्त्रालय, सुरक्षा निकाय, सरकार कारी निकायका प्रतिनिधिलाई सहभागी गराई हातेमालो ४ अभ्यास सञ्चालन गरेको हो ।

मंगलबार जंगी अड्‍डामा प्रधानसेनापति प्रभुराम शर्माको उपस्थितीमा उक्त अभ्यासको समापन भएको हो । अभ्यासको समापन समारोहमा बोल्दै प्रधानसेनापति शर्माले विपद् व्यवस्थापनका लागि यस अभ्यास उपलब्धिमूलक रहेको विश्वास व्यक्त गरे ।

कार्यक्रममा प्रधानसेनापति शर्माले विभिन्न समयमा देखा पर्ने प्राकृतिक प्रकोपका बेला व्यवस्थापकीयका साथै सुरक्षा चुनौतीसमेत रहने भएकाले कुनै संस्थाको एकल प्रयासबाट मात्र प्रतिकार्य सम्भव नभएको बताए ।

यसका लागि समन्वय तथा सहकार्यमा एकीकृत ढंगले अघि बढे मात्र लक्षित उद्देश्य प्राप्त हुने उनको भनाइ छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  ८ : २४ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने