समाचार

नेपाली सेनाद्वारा सञ्चालित ‘हातेमालो ४’ अभ्यास सम्पन्न

By खबरहब

June 14, 2022

काठमाडौँ- नेपाली सेनाद्वारा सञ्चालित ‘हातेमालो ४’ अभ्यास सम्पन्न भएको छ । विपद् व्यवस्थापनलाई थप व्यवस्थित तथा प्रभावकारी बनाउनका लागि भन्दै नेपाली सेनाले सरोकारवाला मन्त्रालय, सुरक्षा निकाय, सरकार कारी निकायका प्रतिनिधिलाई सहभागी गराई हातेमालो ४ अभ्यास सञ्चालन गरेको हो ।

मंगलबार जंगी अड्‍डामा प्रधानसेनापति प्रभुराम शर्माको उपस्थितीमा उक्त अभ्यासको समापन भएको हो । अभ्यासको समापन समारोहमा बोल्दै प्रधानसेनापति शर्माले विपद् व्यवस्थापनका लागि यस अभ्यास उपलब्धिमूलक रहेको विश्वास व्यक्त गरे ।

कार्यक्रममा प्रधानसेनापति शर्माले विभिन्न समयमा देखा पर्ने प्राकृतिक प्रकोपका बेला व्यवस्थापकीयका साथै सुरक्षा चुनौतीसमेत रहने भएकाले कुनै संस्थाको एकल प्रयासबाट मात्र प्रतिकार्य सम्भव नभएको बताए ।

यसका लागि समन्वय तथा सहकार्यमा एकीकृत ढंगले अघि बढे मात्र लक्षित उद्देश्य प्राप्त हुने उनको भनाइ छ ।