स्टेट पार्टनरसिप प्रोग्राममा सामेल हुन नेपाललाई दबाब नदिएको अमेरिकाको स्पष्टोक्ति « Khabarhub

स्टेट पार्टनरसिप प्रोग्राममा सामेल हुन नेपाललाई दबाब नदिएको अमेरिकाको स्पष्टोक्ति


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाले नेपाललाई स्टेट पार्टनरसिप प्रोग्राममा सामेल हुन दबाब नदिएको स्पष्ट पारेको छ । नेपालका लागि अमेरिकी दूतावासले सामाजिक सञ्जाल फेसबुकमा सन्देश जारी गर्दै नेपाल र अमेरिकाबीच सैन्य सम्झौता भएको दाबी गर्ने केही अनलाइन सञ्चारमाध्यममा प्रकाशित समाचार असत्य भएको जनाएको छ ।

नीतिअनुसार अमेरिकाले कुनै पनि देशलाई स्टेट पार्टनरसिप प्रोग्राममा सामेल हुन नभन्ने बताउँदै दूतावासले तर कुनै देशबाट त्यसका लागि माग आएको खण्डमा भने त्यस्तो मागको सम्बोधन मात्र गर्ने जनाएको छ ।

स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अमेरिकाको नेशनल गार्ड तथा साझेदार विदेशी मुलुकबीचको आदानप्रदान कार्यक्रम रहेको भन्दै दूतावासले यसबाट भूकम्प, बाढी र वन डढेलो जस्ता प्राकृतिक विपद्‍ विरुद्ध जुध्नका लागि प्रथम उद्धारकर्ताहरूलाई सहयोग गर्ने बताएको छ ।

२५ वर्षभन्दा लामो समयदेखि कायम रहँदै आएको एसपीपीमा ९० भन्दा बढी देशसँग ८० भन्दा बढी साझेदारीहरू समावेश रहेको दूतावासले जानकारी दिएको छ ।

 आँधीबेहरीदेखि भूकम्प, बाढी र डढेलोजस्ता प्राकृतिक तथा अन्य विपद्को अवस्थामा अमेरिकामा अग्रपङ्क्तिका उद्धारकर्ताका रूपमा रहेका नेशनल गार्डसँग उत्कृष्ट अभ्यासको अनुभव तथा क्षमता रहेको बताउँदै यसलाई साटासाट गर्ने इच्छा प्रकट गरेको छ ।

यस किसिमको सहकार्यको सहजिकरणका लागि एसपीपी प्रभावकारी माध्यम रहेको दूतावासको भनाइ छ ।

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  ८ : ५२ बजे

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान

अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि, ४.७ प्रतिशत पुग्यो

क्यानबेरा– अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको

बालेन नेतृत्वको सरकारको ३ महिनामा थप १.५४ प्रतिशतले बढ्यो जीडीपी

काठमाडौं– राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को चौथो

मध्यपूर्वको आर्थिक वृद्धिमा गिरावट आउने आईएमएफको प्रक्षेपण

बैंकक– मध्यपूर्वमा जारी युद्धका कारण खाडी मुलुकहरूको अर्थतन्त्रमा नकारात्मक असर

बडादशैं सुरु भएसँगै काठमाडौंमा खसीबोकाको कारोबार बढ्यो

काठमाडौं– बडादशैं सुरु भएसंगै काठमाडौंका बिभिन्न स्थानमा खसीबोकाको खरिद बिक्रि