पाकिस्तान फर्कने तयारीमा पूर्वराष्ट्रपति मुसर्रफ | Khabarhub Khabarhub

पाकिस्तान फर्कने तयारीमा पूर्वराष्ट्रपति मुसर्रफ


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्यसम्बन्धी जटिल समस्याका कारण विगत तीन सातादेखि दुबईको अस्पतालमा उपचारारत पूर्वराष्ट्रपति एवं सेना प्रमुख जनरल परवेज मुसर्रफ स्वघोषित निर्वासनबाट स्वदेश फर्कने तयारीमा रहेका भ्वाइस अफ अमेरिका (भीओए)ले जनाएको छ ।

उनासी वर्षीय पूर्वजनरललाई स्वदेश फर्कने अनुमति दिने व्यवस्था गरिएको उच्च सरकारी अधिकारीहरूले बताए पनि उनी कहिले पाकिस्तान फर्कन्छन् भन्ने मिति भने सार्वजनिक भएको छैन । मुसर्रफको परिवार र चिकित्सकहरूको सहमतिमा एयर एम्बुलेन्सबाट उनलाई पाकिस्तान ल्याउने तयारी भएको भीओएले जनाएको छ ।

उपचारका लागि जमानतमा विदेश जान अनुमति पाएका मुसर्रफ सन् २०१६ देखि संयुक्त अरब इमिरेट्समा बस्दै आएका थिए । त्यतिबेला उनीमाथि देशद्रोहको मुद्दा चलिरहेको थियो । पछि उच्च अदालतले उनीविरुद्धको मुद्दा खारेज गरेको थियो ।

गत साता सञ्चारमाध्यमहरूमा उनको बिग्रिएको स्वास्थ्यस्थितिबारे समाचार सार्वजनिक गरेका थिए । ती समाचारको खण्डन गर्दै मुसर्रफको परिवारले स्वास्थ्यलाभ हुने कठिन चरणबाट उनी गुज्रिरहेका बताएका थिए ।

यसैबीच, पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले पूर्वराष्ट्रपतिको स्वास्थ्यलाई दृष्टिगत गरी उनको स्वदेश आगमनमा कुनै अवरोध नहुने बताएका छन् । विगतका घटनालाई लिएर उनलाई घर फर्कनबाट रोक्न नहुने बताउँदै ‘अल्लाहले उनलाई स्वस्थ पारुन् ताकि उनले आफ्नो बाँकी जीवन सम्मानका साथ बिताउन सकून्’ रक्षामन्त्री आसिफले ट्विट गरेका छन् ।

सन् १९९९ मा तत्कालीन प्रधानमन्त्री नवाज शरिफको सरकारलाई अपदस्थ गरी जनरल मुसर्रफले रक्तपातविहीन सैनिक विद्रोह गरेर सत्ता कब्जा गरेका थिए । उनले पछि आफूलाई राष्ट्रपति घोषणा गरे । सन् २००८ को आम निर्वाचनमा पराजित भएपछि नयाँ संसद्ले आफूमाथि महाभियोग लगाएर पदच्युत गर्ने निश्चित भयो र त्यसबाट बच्न उनले पदत्याग गरेका थिए ।

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  ११ : ०४ बजे

डुबेर तीन जनाको मृत्यु

काठमाडौं– कपिलवस्तुको कपिलवस्तु नगरपालिका-६ थुमुवास्थित माछा पोखरीमा डुबेर सोही नगरपालिका-११ औराह घर

आप्रवासन कार्यमा सहयोग गर्न फ्लोरिडामा २०० नौसैनिक परिचालन

एजेन्सी – दक्षिणपूर्वी राज्यमा भइरहेको आप्रवासन प्रवर्तन छापाहरूका लागि प्रशासनिक

धनुषाको दुहबीमा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त

जनकपुर– धनुषाको विदेह नगरपालिका–२ वैदेही दुहबीमा सशस्त्र प्रहरी र तस्करीबीच

काठमाडौंबाट ९ जना जुवाडे पक्राउ

काठमाडौं– काठमाडौं महानगरपालिका-३१ मिलनचोक बस्ने काभ्रे चौरीदेउराली गाउँपालिका- २ घर भएका ६३

खलङ्गामा वितरण गरिएको खानेपानीमा इकोली जीवाणु भेटियो

दार्चुला– दार्चुला सदरमुकाम खलङ्गामा वितरण गरिएको खानेपानीमा मानव स्वास्थ्यका लागि