सिक्किममा रोकियो ‘कबड्डी ४’ को प्रदर्शन « Khabarhub

सिक्किममा रोकियो ‘कबड्डी ४’ को प्रदर्शन


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सिक्किम सरकारले तत्कालका लागि ‘कबड्डी ४ : द फाइनल म्याच’को प्रदर्शनमा रोक लगाउने भएको छ । सिक्किममा फिल्म प्रदर्शन नहुने घोषणा मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले फेसबुकमा स्ट्याटस लेख्दै गरेका हुन् ।

उनले विवाद साम्य नभएसम्म सिक्किममा फिल्म चलाउने नदिने घोषणा गरेका छन् । ‘सिक्किमे जनताको तथा थुप्रै संघ संस्थाको आग्रहलाई ख्याल गर्दै राज्य सरकारले विवादको चित्त बुझ्दो समाधान नभएसम्म फिल्ममाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ,’ मुख्यमन्त्रीले गोलेले लेखेका छन् ।

काठमाडौँको सिभिल मलमा गुम्बा बसेका लामाले फिल्मकी अभिनेत्री मिरुना मगरले ‘ब्याड टच’ गरेको भन्दै मिरुनाको मौखिक उजुरीमा प्रहरीले लामालाई पक्राउ गरेको थियो । लामा पक्राउको चौतफी विरोध भएपछि प्रहरीले लामालाई छाड्नुका अलावा दुवै पक्षले एकअर्कासँग माफी मागेर विवाद टुंगिएको घोषणा गरिएको थियो । तर बाँकी लामाहरूले फिल्मको टिम र आरोपित लामाबीच भएको सहमतिमा सन्तुष्टि जनाएका थिएनन् ।

विवाद साम्य नभएपछि सिक्किममा पनि फिल्म प्रतिबन्ध लगाउनुपर्ने माग गर्दै राज्य सरकारको ध्यानाकर्षण गराएका थिए । यही निवेदनका आधारमा राज्य सरकारले फिल्म रोक्ने निर्णय गरेको हो ।

योसँगै निर्माताको १ करोड बढी रकम जोखिममा परेको छ ।

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  ११ : ३१ बजे

मस्कले ल्याए उड्ने कार

काठमाडौं- टेस्ला कम्पनीका प्रमुख एवम् विश्वका धनाढ्य खर्बपति एलोन मस्कले

आईसीसी एसिया कन्फ्रेन्स नेपालमा हुने

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को सहकार्यमा नेपाल क्रिकेट संघ

 सभामुखसँग अमेरिकी कावा राजदूत शिष्टाचार भेट

काठमाडौँ– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट