छायांकन नगरी फर्कियो ‘प्रसाद  २’ टिम  « Khabarhub

छायांकन नगरी फर्कियो ‘प्रसाद  २’ टिम 


३० असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- छायांकनको लागि लोकेशनमा पुगेको फिल्म ‘प्रसाद २’ टिम छायांकन नगरी फर्किएको छ। मुख्य कलाकार र निर्माण टिमबीच समन्वय नहुँदा छायांकनको लोकेसनमै पुगेको टिम वर्कसप गरेर फर्किएको छ । फिल्मको वर्कसप र कलाकारलाई स्थानीय लवजमा अभ्यस्त बनाउन निर्माण घोषणा गरेसँगै कलाकार लिएर निर्माण टिम कास्कीको ल्वाङ गाउँमा पुगेको थियो ।

बागलुङ जिल्लाको केही गाउँ समेत भिजिटसँगै दुई सातासम्म लोकेसनमै राखेर वर्कसप गराएर गाउँलेसँग घुलमिल गराउँदा पनि फिल्मका मुख्य कलाकार विपिन कार्की र नम्रता श्रेष्ठले समन्वय नगरेपछि फिल्मको छायांकन हुन् नसकेको फिल्मका एक सदस्यले बताए ।

बुधबार फिल्मको शुभ मुहूर्तसँगै छायांकन सुरु गर्ने सेड्युअल थियो । तर निर्देशक सुदर्शन थापाले ‘क्यामेरा अन’ गरेर ‘एक्सन कट’ बोल्ने समयमा सेटमा कलाकार नै उपस्थित नभएपछि फिल्मको छायांकन स्थगन भएको ती सदस्यले बताए । उनका अनुसार सुटिङ सुरु हुने समयमा पनि विपिनले गूड मूड छैन भनेपछि छायांकन हुन् नसकेको हो। ‘कलाकारले छायांकनको लागि टेक लिन तयार हुँदा मुड छैन , गर्दिन भनेपछि छायांकन अहिलेलाई रोकेर टिम काठमाडौं फर्किएको हो’ ती सदस्यले भने ।

उनले कलाकारहरुमा व्यसायिक धर्म नदेखिएको समेत बताए । ‘सम्पूर्ण युनिट छायांकन तय गरेर दुई साता देखि लोकेसनमै वर्कसप गरेर मुहूर्त गरिसक्दा समेत मुड छैन , बिहेमा जानु छ भन्नु व्यावसायिकता होइन’ फिल्मका ती सदस्यले भने । फिल्म छायांकनको लागि केही दिन यता ६० जनाको हाराहारीमा टिम गाउँमा थियो । विपिनले मुड छैन भन्दा नम्रताले बिहेमा जानु पर्ने अडान राखेकी थिइन् ।

नम्रताले लोकेसन छाडेपछि विपिन पनि निस्किएका थिए । फिल्ममा विपिन बाबुराम र नम्रता नारायणीको भूमिकामा छिन् । फिल्मको कथा यिनकै सेरोफेरोमा छ । फिल्मलाई निर्देशनको जिम्मा लिएका सुदर्शन थापाले आफू र कलाकारको समय मिलेपछि मात्र छायांकन हुने बताए । ‘तत्काललाई स्थगन हो, छायांकन जहिले पनि सुरु हुनसक्छ’, थापाले भने ।

शुभाष थापा प्रोडक्सनको ब्यानरमा बन्न लागेको फिल्म ‘प्रसाद’को सिक्वेल हो । ‘प्रसाद’लाई दिनेश राउतले निर्देशन गरेका थिए भने औपचारिक घोषणाको केही समय पहिले मात्रै सुदर्शन थापा फिल्मको ‘क्याप्टेन’को रूपमा भित्रिएका थिए । यो फिल्मको घोषणा समयमा निर्माताको रूपमा मेडिकल व्यवसायी केशव पाण्डे भित्रिएका थिए ।

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार  ३ : २५ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको