अमेरिकामा दुई जना ‘ब्रेन डेड’ बिरामीमा सुँगुरको मुटु प्रत्यारोपण « Khabarhub

अमेरिकामा दुई जना ‘ब्रेन डेड’ बिरामीमा सुँगुरको मुटु प्रत्यारोपण


३० असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकामा दुई जना ‘ब्रेन डेड’ मानिसहरुमा सुँगुरको मुटु प्रत्यारोपण गरिएको छ ।

चिकित्सकहरुले गत जुन १६ र जुलाई ६ मा न्युयोर्क विश्वविद्यालयको ल्याङ्गोन टिस अस्पतालमा ‘सेनोट्रान्सप्लान्ट’ भनिने यस्तो प्रत्यारोपण गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकी टेलिभिजन नेटवर्क सीएनबीसीको अनलाइन संस्करणले जनाएअनुसार ल्याङ्गोन ट्रन्सप्लान्ट इन्स्टिच्युटका हृदय प्रत्यारोपण विभागका निर्देशक नादेर मोआजमीको नेतृत्वमा चिकित्सकहरुले यसबारे अनुसन्धान गरेका थिए ।

उक्त प्रत्यारोपण प्रक्रिया घण्टौँसम्म चलेको र बिरामीलाई तीन दिनसम्म निगरानीमा राखिएको जनाइएको छ । यसअनुसार हृदयको पहिलो ‘सेनोट्रान्सप्लान्ट’ जुन १९ र दोस्रो ‘सेनोट्रान्सप्लान्ट’ जुलाई ९ मा सकिएको थियो ।

प्रत्यारोपणपछि यी दुबै बिरामीको अवस्था सामान्य रहेको र उनीहरुलाई कुनै अतिरिक्त स्वास्थ्य सेवाको आवश्यकता नपरेको चिकित्सकहरुले जनाएका छन् ।

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार  ६ : ५३ बजे

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय