कृष्ण लीला ट्रेलर : फरक पुष्प, सस्पेन्स श्रद्धा (भिडियो)  « Khabarhub

कृष्ण लीला ट्रेलर : फरक पुष्प, सस्पेन्स श्रद्धा (भिडियो) 


३० असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आउँदो भदौ ३ गते कृष्ण जन्माष्टमीका दिनबाट प्रदर्शनमा आउने फिल्म  ‘कृष्णलीला’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा फिल्मका प्रमुख कलाकार पुष्प खड्का र नवनायिका श्रद्धा क्षेत्रीको प्रेम र बिछोडलाई प्राथमिकता दिइएको छ । ट्रेलरमा अभिनेता पुष्पलाई फरक गेटअपमा प्रस्तुत गरिएको छ । उनको बोल्ने शैली अन्य फिल्मको भन्दा फरक देखाइएको छ ।

ट्रेलर हेर्दा सुरुवाती समयमा पुष्प र श्रद्धा प्रेममा परे पनि पछि भने प्रहरी गेटअपमा देखिएकी श्रद्धाले पुष्पलाई खोजिरहेको देखाइएको छ । तर के कारणले उनीहरु अलग्गिए भन्ने थाहा पाउन फिल्म नै हेर्नुपर्ने हुन्छ । ट्रेलरमा बुद्धि तामाङ, रवीन्द्र झा, हिउँवाला गौतम, भावना गुरुङ, नवीन रेग्मीलाई पनि देखाइएको छ ।

अभिनेता पुष्पले ‘कृष्ण–लीला’ मा आफूले अत्यन्तै मिहिनेत गरेको स्मरण गर्दै फिल्मसँग दर्शक कनेक्ट हुने विश्वास जताए । उनले आफू कृष्णको शीर्ष भूमिकामा रहेको खुलाए । फिल्ममा श्रद्धाले लीलाको भूमिका निर्वाह गरेकी छिन्। निर्देशक दीपक वलीले आफूले मनोरञ्जनक फिल्म निर्माण गरेको बताए । ‘कृष्ण लीला’ को यसअघिको ‘ए मेरो हजुर’,‘त्यो कथामा एउटा राजा एउटी रानी’ र ‘डिएर बन्न मन छ मलाई’ श्रोता दर्शकले मन पराएका छन्।

अत्यधिक मन पराएकोमा धन्यवाद व्यक्त गर्दै फिल्म हेरेर प्रतिक्रिया दिन आग्रह गरे। भदौ ३ गते कृष्ण जन्माष्टमीका दिन प्रदर्शन हुने फिल्ममा पुष्प,श्रद्धाका साथमा बुद्धि तामाङ, रबिन्द्र झा, भावना गुरुङ, नवीन रेग्मी, आयुषा क्षेत्री, हिउँवाला गौतम तथा बालकलाकार आयुष गुरागाइँ मुख्य भूमिकामा छन् । फिल्मलाई निर्देशक समेत रहेका रंग पत्रकार लक्ष्मण सुवेदीले लेखेका हुन् । फिल्ममा रत्न श्रेष्ठ कार्यकारी निर्माता र प्रकाशराज कार्की तथा केवल तामाङ निर्माता छन् । फिल्मका प्रस्तुत कर्ता रोहित कट्टेल हुन् ।

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार  ७ : ०९ बजे

रुरुक्षेत्रका सबै स्वास्थ्य संस्थामा ल्याब सेवा

तम्घास–रुरुक्षेत्र गाउँपालिकाका सबै स्वास्थ्य संस्थामा ल्याब सेवा सञ्चालन गरिएको छ

एड्सको अन्त्य गर्न स्वास्थ्यमन्त्री गौतमको आह्वान

काठमाडौँ– ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ’ भन्ने नाराका

तोरीले पहेँलपुर चितवन (तस्बिरहरू)

काठमाडौं– खाद्य तथा नगदेबाली उत्पादनका दृष्टिकोणले नेपालका तराई क्षेत्र प्रमुख

शुक्लाफाँटाका सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीको पारिश्रमिकमा वृद्धि

कञ्चनपुर–  शुक्लाफाँटा नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको

आन्तरिक राजस्व बढाउन नसक्दा कमजोर बन्दै पर्साका स्थानीय तह

वीरगञ्ज– पर्साको पर्सागढी नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा आन्तरिक आयबाट तीन