मानव तस्करी मुद्दामा दोषी ठहर चर्चित पञ्जाबी गायक दलेर मेहन्दी पक्राउ « Khabarhub

मानव तस्करी मुद्दामा दोषी ठहर चर्चित पञ्जाबी गायक दलेर मेहन्दी पक्राउ


३० असार २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मानव तस्करी मुद्दामा दोषी ठहर भारतका चर्चित पञ्जाबी गायक दलेर मेहन्दी पक्राउ परेका छन् । पञ्जाब राज्यको पटियालामा रहेको अदालतले दुई वर्ष कारावासको सजाय सदर गरेसँगै उनी पक्राउ परेका हुन् ।

उनीमाथि मोटो रकम लिएर मानिसहरुलाई अवैध ढंगले अमेरिका र क्यानाडा लगयातका मुलुक पुर्‍याएको अभियोग लागेको थियो । उनले मानिसहरुसँग औसत १२ लाख भारतीय रुपैयाँ लिएको अभियोग लागेको थियो ।

उनलाई सोही अदालतले सन् २००३ मा दोषी ठहर गरेको थियो । यद्यपि यस मुद्दा सन् २०१८ यता पुनरावेदनमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनी जमानतमा रिहा भएका थिए ।

यद्यपि अदालतको पछिल्लो आदेशसँगै उनलाई पुनः पक्राउ गरिएको भारतीय समाचार च्यानल टाइम्स नाउको अनलाइन संस्करणले जनाएको छ ।

उनलाई भारतीय अपराध संहिता आइपीसीको धारा ४०६, १२० बी, ४६५, ४६८, ४७१ र भारतीय राहदानी ऐन अनुसार सजाय सुनाइएको अदालतलाई उद्धृत गर्दै टाइम्स नाउले जनाएको छ ।

विदेशी कार्यक्रममा नृत्य टोलीमा सहभागी गराई उनी र उनका दाजु शमसेर सिंहले मानिसहरुलाई विदेश लैजाने गरेका थिए । हाल उनको दाजुको मृत्यु भइसकेको छ । उनीहरुविरुद्ध ३५ वटा उजुरी परेको जनाइएको छ ।

प्रकाशित मिति : ३० असार २०७९, बिहिबार  ७ : १० बजे

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा