चीनको शून्य कोभिड नीति असफल  « Khabarhub

चीनको शून्य कोभिड नीति असफल 


२९ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनको कोभिड शून्य नीति असफल हुँदै गएको छ । पछिल्लो समयमा नयाँ क्षेत्रहरू विशेष गरी तिब्बत र हाइनानका पर्यटन केन्द्रहरू कोरोनाभाइरस संक्रमणको चपेटामा परेका छन् भने आकस्मिक रुपमा गरिएको लकडाउनका कारण ती क्षेत्रमा हजारौँ पर्यटक अलपत्र परेका छन् । पुराना संक्रमित क्षेत्र हटस्पट बनिरहेका बेला कोरोना भाइरसको संक्रमण नयाँ क्षेत्रमा फैलिरहेको छ ।

सार्वजनिक आवागमनमा प्रतिबन्ध लगाइएकाले जीविकोपार्जनमा असर गरेको छ । एशियन लाइट इन्टरनेसनलका अनुसार मानिसहरूलाई असहाय बनाउँदै कोरोनाभाइरस संक्रमण चीनका नयाँ क्षेत्रमा फैलिरहेको छ ।

आकस्मिक रुपमा गरिएको लकडाउनका कारण अहिले हजारौँ पर्यटक अलपत्र परेका छन् । विडम्बनाको कुरा के हो भने २०२१ को सुरुमा चीन कोभिड–१९ बाट मुक्त भएको घोषणा गर्ने पहिलो देश बनेको थियो ।

कोभिडका कारण पूर्वी चीनदेखि पश्चिम चीनका विभिन्न क्षेत्रमा लकडाउन घोषणा गरिएको छ ।

कोभिड–१९ को महामारी चीनबाट सुरु भई जंगलको डढेलो झैँ विश्वभर फैलिएपछि मात्रै एक जनामा लक्षणविहीन बिरामी रिपोर्ट गरेको थियो। केही दिन अघि तिब्बतले २८ नयाँ संक्रमित फेला पारेको जनाएका छ, जसका कारण यस क्षेत्रमा त्रास फैलाएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  ६ : ५० बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको