ब्राइटनसँग म्यानचेस्टर युनाइटेड स्तब्ध « Khabarhub

ब्राइटनसँग म्यानचेस्टर युनाइटेड स्तब्ध


२९ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार राति ब्राइटनसँग म्यानचेस्टर युनाइटेड स्तब्ध बनेको छ ।

ब्राइटनको घरेलु मैदानमा भएको खेलमा कुनै पनि समय युनाईटेडले प्रभाव जमाउन सकेन । स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो समेत गोलबिहिन रहे ।

ब्राइटनलाई जिताउन जोसुवा डासिल्भा, माथिअस जेनिस, बेन मी र बायर्न एमबेउमोले समान एक एक गोल गरे । ब्राइटनले सुरुवाती ३५ मिनेटमै ४-० को अग्रता बनाएको थियो ।

जितपछी ब्राइटन २ खेलबाट ४ अंक जोड्दै तेस्रो स्थानमा छ । लगातारको हारसँगै युनाइटेड पुछारमा छ ।

गए राति नै भएको अर्को खेलमा साविक विजेता म्यानचेस्टर सिटी र आर्सनलले सहज जित निकालेका छन् ।

सिटीले घरेलु मैदानमा बर्नेमाउथलाई ४-० ले पराजित गर्यो । लगातार दोस्रो जित निकाल्ने क्रममा आर्सनलले लेस्टर सिटीलाई ४-२ ले हरायो ।

अन्य खेलमा साउथह्याम्पटन र लिड्स युनाईटेडले २-२, ब्राइटन र न्युकासल तथा उल्भ्स र फुलहमले गोलरहित बराबरी खेले ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  ७ : ०० बजे

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा

शीतलहरले दाउन्ने क्षेत्रमा राजमार्ग अवरुद्ध (तस्बिरहरू)

चितवन– शीतलहरका कारण नारायणगढ–बुटवल सडकखण्ड अन्तर्गतको दाउन्ने क्षेत्रमा राजमार्ग अवरुद्ध

बादललाई गोकुलको सुझाव : रुख–सूर्य मिलेपछि समानुपातिक छाडेर चुनाव लडे भो त

काठमाडौं– नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले पार्टी उपाध्यक्ष रामबहादुर

आपसी मतभिन्नता र व्यक्तिगत महत्वकांक्षा समाप्त गर्नु जरुरी : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आपसी मतभिन्नता र

सन् २०२५ : ब्लकबस्टर ‘परान’, दयाहाङको अभिनय रहेका ११ फिल्मको व्यापार विजोग

काठमाडौं – चलचित्र विकास बोर्डका अनुसार सन् २०२५ जनवरी १