डर र करले गठबन्धन भएको हो : रामचन्द्र पौडेल « Khabarhub

डर र करले गठबन्धन भएको हो : रामचन्द्र पौडेल


२९ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सत्तारुढ गठबन्धन डर र कर दुवै भएको बताएका छन् ।

नेपाल प्रेस युनियन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘कांग्रेसले गठबन्धन नगरे अन्य पार्टीले गरिहाल्छन्, यसैले गठबन्धन कर पनि हो डर पनि हो ।’

नेता पौडेलले अहिलेको आवश्यकता तालमेल गरेर नै चुनावमा जानुपर्ने रहेको बताए । ‘कुरा चलिरहेको छ, मिलाउने कोसिस हुन्छ ।’

को कहाँबाट उम्मेदवार बन्ने भन्ने विषयमा अहिले निर्णय भइ नसकेको जनाउँदै उनले गठबन्धनभित्र दाबी हुनु स्वाभाविक रहेको सुनाए। दलहरूको धरातलीय पाटो हेरेर कुन क्षेत्रमा कसको सम्भावना छ त्यहीअनुसार अघि बढ्ने पौडेलको भनाइ थियो । उनले भने, ‘तलको जनमत हेरेर निर्णय लिन्छौँ। कुन उम्मेदवारलाई अघि सार्दा कस्तो होला, जनमत कसको बढी छ त्यसलाई आधार मान्नुपर्छ ।’

कांग्रेसले कांग्रेस जिताउने अभियान चलाउन कार्यकर्ताहरूलाई अनुरोध पनि गरे । उनले भने, ‘कांग्रेसले कांग्रेसलाई जिताउने हो हराउने होइन ।’

आगामी निर्वाचनपछि देशको प्रधानमन्त्री तपाईँ हो भन्ने पत्रकारको प्रश्नको जवाफमा उनले पार्टीले निर्णय लिने कुरा भएकाले अहिले नै घोषणा गर्ने समय नभएको जवाफ फर्काए । कांग्रेस देशमा अहिले राजनीतिक स्थिरता, सुशासन र सामाजिक न्यायको पक्षमा रहेको उनले बताए ।

उनले नागरिकता विधेयक संसद्ले पास गरेकाले राष्ट्रपतिबाट रोक्न नमिल्ने पनि बताए ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  १० : ०३ बजे

अवरुद्ध महेन्द्र राजमार्ग २४ घण्टापछि सञ्चालन

रौतहट– मंङ्गलबार बिहानदेखि अवरुद्ध पूर्वपश्चिम महेन्द्र राजमार्ग २४ घण्टापछि सञ्चालन

तीस बिघामा लगाएको गाँजा प्रहरीबाट फडानी

हेटौँडा– मकवानपुरको राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकामा ३० बिघामा लगाइएको

उम्मेदवारको बन्दसूचीप्रति तोसिमाको कडा टिप्पणी : ‘प्राइमरी भोटिङकै धज्जी उडाइयो’ 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेत्री तोसिमा कार्कीले पार्टीका

विश्व बैंकको सहयोगमा मुलपानी–तितौरे सडक कालोपत्र हुँदै

बागलुङ– विश्व बैंकको सहयोगमा बागलुङ नगरपलिकाभित्र ठेक्का लागेका तीन सडकमध्ये

चिसो बढेपछि सुनसरीका विद्यालयमा बिदा

सुनसरी– सुनसरीमा शीतलहरका कारण चिसो बढेपछि विद्यालयको पठनपाठन प्रभावित भएको