पाकिस्तान बाढीपहिरोले १० जनाको मृत्यु, २६ जना घाइते « Khabarhub

पाकिस्तान बाढीपहिरोले १० जनाको मृत्यु, २६ जना घाइते


२९ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद – पाकिस्तानमा मनसुनी वर्षासँगैको बाढीपहिरोमा परी कम्तीमा १० जनाको ज्यान गएको छ ।

गएको २४ घन्टायता पाकिस्तानका विभिन्न स्थानमा भएको निरन्तरको वर्षा र बाढीमा परेर अरु २६ जना घाइते भएका यहाँका राष्ट्रिय प्रकोप व्यवस्थापन केन्द्रले जनकारी दिएको हो ।

सो केन्द्रका अधिकारीले दिएको जानकारीअनुसार पाकिस्तानको दक्षिण पश्चिमी बलुचिस्तान प्रान्त सबैभन्दा बढी प्रभावित भएको छ । सो प्रान्तका अधिकांश स्थानमा बाढी आएको र त्यसमा परेर छ जनाको ज्यान गएको छ ।

त्यसैगरी यहाँको उत्तरपश्चिमी प्रान्त खैबर पाक्थुन्क्वामा पनि बाढीका कारण तीन जनाको ज्यान गएको बताइएको छ । त्यहाँका कतिपय व्यक्ति हराइरहेका पनि बताइएको छ ।

यहाँ यसवर्षको मनसुनी वर्षा सुरु भएको जुनदेखि अहिलेसम्ममा अति वर्षा र बाढीमा परेर पाँच सय ९२ जनाको मृत्यु भएको बताइएको छ ।

त्यसैगरी यस वर्षाका कारण यहाँका करिब एक हजार जना घाइते भएका छन् भने बाढीले हजारौँ घरमा क्षति पुगेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  ११ : ५७ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको