सरकारद्वारा विश्व बैंकबाट प्राप्त १२ अर्ब ७० करोड सहुलियतपूर्ण ऋण सहायता स्वीकार « Khabarhub

सरकारद्वारा विश्व बैंकबाट प्राप्त १२ अर्ब ७० करोड सहुलियतपूर्ण ऋण सहायता स्वीकार


२९ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले कर्मचारीहरूको नयाँ तलबमान एवम् ग्रेड स्वीकृत गर्ने निर्णय गरेको छ ।

मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न आइतबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षकका लागि २०७९ साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान एवम् ग्रेड स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिए ।

त्यस्तै बैठकले भदौ ७ देखि ९ मा संयुक्त राष्ट्रसंघको आयोजनामा थाइल्यान्डमा हुने एक सम्मेलनमा सहभागी हुन राष्ट्रिय योजना आयोगका सचिवलाई स्वीकृति दिने निर्णय गरेको छ ।  विश्व बैंकबाट हरित, उत्पादनशील र समावेशी विकासका लागि प्राप्त हुने करिब १२ अर्ब ७० करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने गरेको छ भने जापान सरकारबाट पूर्वी तराईको सिँचाई प्रणाली पुनः स्थापना आयोजनाका लागि प्राप्त हुने करिब २ अर्ब १३ करोड ६४ लाख अनुदान सहायता पनि सरकारले स्वीकार गरेको प्रवक्ता कार्कीले जानकारी दिए । त्यस्तै बैठकले सप्तकोसी बाढीबाट बढी क्षति भएका भौगोलिक क्षेत्रलाई विपद्संकट ग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय भएको उनले बताए।

त्यस्तै बैठकले राष्ट्रिय खेलकुद प्रतियोगिता सम्बन्धी निर्देशिका २०८९ स्वीकृत गरेको छ भने भारतीय सेनाका स्थल सेनाध्यक्षलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रण पठाउने निर्णय गरेको छ । त्यस्तै बैठकले मन्त्रीपरिषद्ले ऊर्जा, कानून र कृषि मन्त्रालयका लागि अस्थायी दरबन्दी सिर्जना गर्ने निर्णय गर्ने गरेको प्रवक्ता कार्कीले बताए ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  २ : २२ बजे

बाढीपीडित पुनःस्थापनामा विशेष संरक्षण आवश्यक नागरिकको सुरक्षा प्राथमिकता : मन्त्री बादी

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

सामाजिक-आर्थिक लोकतन्त्रबिना राजनीतिक लोकतन्त्रको अर्थ छैन : यादव

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सामाजिक

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

सर्लाही– सर्लाहीको हरिवन नगरपालिकाको विभिन्न वडाक्षेत्रमा पछिल्लो समय स्यालको आक्रमणका

राहदानी विभागअगाडि बसमा आगलागी भएको घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौं- राहदानी विभागअगाडि ऋद्धिसिद्धी यातायातको बसमा भएको आगलागीको घटनाबारे छानबिन

जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम

ललितपुर– जनस्वास्थ्य कार्यालयले स्वास्थ्य सेवा प्रवाह, तथ्यांक व्यवस्थापन तथा विभिन्न