विराटनगरमा आजदेखि मल बिक्री वितरण सुरु « Khabarhub

विराटनगरमा आजदेखि मल बिक्री वितरण सुरु


२९ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- कृषि सामग्री कम्पनी प्रदेश कार्यालय विराटनगरले आजदेखि मल बिक्री वितरण सुरु गरेको छ ।

कार्यालय प्रमुख नरेशकुमार  सापकोटाका अनुसार कम्पनीमा सात हजार ५०० मेट्रिक टन युरिया आउने क्रम जारी रहे पनि उपलब्धताको आधारमा आजदेखि सहकारीमार्फत वितरण कार्य सुरु भएको हो । कम्पनीले युरिया वितरण गर्ने सम्बन्धमा सहकारीलाई एक महिनादेखिपत्र पठाएको उनले बताए ।

कम्पनीले यसअघि पोटास तथा डिएपी मल बिक्री वितरण गरेको थियो ।  कम्पनीले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मल बिक्री वितरण गर्ने गरेको छ । कम्पनीले प्रदेशका १४ जिल्लामा स्थानीय तहको सिफारिसका आधारमा सहकारीमार्फत किसानलाई मल बिक्री वितरण गर्ने गरेको छ । कम्पनीले विराटनगरसहित शाखा कार्यालय गाईघाट, धनकुटा, इटहरी, बिर्तामोड र इलाममार्फत मल बिक्री वितरण थालेको सूचना अधिकारी होमप्रसाद पराजुलीले बताए।

प्रदेशमा किसानलाई वार्षिक रूपमा धानका लागि युरिया ४० हजार मेट्रिक टन, डिएपी ३० हजार मेट्रिक टन र पोटास सात हजार मेट्रिक टन आवश्यक रहेको छ । कम्पनीले ५० किलो युरिया रु ७५०, डिएपी रु दुई हजार २०० र पोटास रु एक हजार ६०० मा बिक्री वितरण गरिरहेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  ३ : ५५ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको