महानगर प्रहरीको हर्कत : दादागिरी शैलीबाट फुटपाथ सामान जफत | Khabarhub Khabarhub

महानगर प्रहरीको हर्कत : दादागिरी शैलीबाट फुटपाथ सामान जफत


२९ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगर प्रहरीले फुटपाथ महिला व्यवसायीहरू माथि दादागिरी गरेको छ । राजधानीको सुनधारा, रत्नपार्क धरहरा आसपासका क्षेत्रमा फुटपाथ व्यापार गरिरहेका महिलाहरूको सामान दादागिरी शैलीमा जफत गरेको हो।

आइतबार रत्नपार्क नजिकैको एउटा आकाशे पुलको छेउमा केही फेन्सी तथा खुद्रा  सामानको व्यापार गर्न बसेका केही महिलाहरू माथि नगर प्रहरीले दुर्व्यवहार गर्नुका साथै सामान तितरबितर पारिदिएको छ ।

यसरी फुटपाथमा सामान बेच्न नपाए जीविकोपार्जन गर्न हम्मे हम्मे हुने र परिवारका लागि एक छाक टार्न समेत कठिनाइ हुने ती व्यावसायिक महिलाहरूले गुनासो गरिन् ।

‘हामीले सरकारको भाग खोसेका छैनौ,चोरी गरेका छैनौँ एउटा सानो  ठाउँ ओगटेर मात्र आफ्नो जीविकोपार्जन गर्न व्यवसाय गर्दा हामी माथि यत्रो अन्याय’ एक महिलाले भनिन् ।

यता काठमाडौँ महानगरपालिकाले जनशक्ति थप गरेर नियन्त्रण गर्नुबाहेक अरू विकल्प नभएको बताएको छ भने महानगरको उक्त हर्कतपछि फुटपाथे व्यवसायी भने आक्रोशित छन्।

महानगरले भने तत्काल फुटपाथ व्यवसायीहरुका लागी कुनै निश्चित समय वा ठाउँ दिने अवस्था नरहेको र फुटपाथ व्यवसाय व्यवस्थित गर्न नियन्त्रण गर्ने बाहेक अरू विकल्प नभएको जनाएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  ५ : २३ बजे

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर– कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक