‘देश विकास गर्ने भन्दा पनि श्रीमतीलाई प्रधानमन्त्री बनाउने भिजन हाबी भयाे’ « Khabarhub

‘देश विकास गर्ने भन्दा पनि श्रीमतीलाई प्रधानमन्त्री बनाउने भिजन हाबी भयाे’


२९ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले श्रीमतीलाई प्रधानमन्त्री बनाउन नेताहरूको ध्यान केन्द्रित भएको टिप्पणी गरेका छन्।

आइतबार काठमाडौँमा राष्ट्रिय आर्थिक मासिकको १२ औँ वार्षिकोत्सव समारोहमा अध्यक्ष ओलीले अहिले मुलुकमा देश विकास गर्ने भन्दा पनि श्रीमतीलाई प्रधानमन्त्री बनाउने भिजन हाबी भएको बताएका हुन् । उनले आफूले घुँडा टेक्ने हो भने सरकार बनाउन कुनै गाह्रो नभएको भन्दै कसैको प्रधानमन्त्री हुने मोहले देशको भविष्यसँग  खेलबाड गर्न नहुने बताए।

त्यस्तै अध्यक्ष ओलीले गठबन्धन सरकारले जस्तो सुकै कदम चालेर र राज्य संयन्त्रको दुरुपयोग गरेर निर्वाचन जित्ने कोसिस गरेको आरोप लगाए। उनले एमालेले यसअघिको निर्वाचनमा कुनै पनि स्थानमा हमला नगरेको बरु एमालेका कार्यकर्तामा मारिएको र घाइते हुनुपरेको बताए। अहिले सबैको ध्यान मुलुकको विकासमा केन्द्रित हुनुपर्ने भए पनि नेताहरूमा समृद्ध नेपाल सुखी नेपाली भन्ने हिम्मत नआएको उनले बताए।

उनले मुलुकको स्रोत साधनको अधिकतम प्रयोग गरेर मुलुकलाई समृद्ध बनाउन सकिने बताए। कार्यक्रममा विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  ६ : ०३ बजे

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका