निजगढ नगरपालिकामा भएको तालाबन्दी खोल्न राप्रपाको ७२ घण्टे अल्टिमेटम  « Khabarhub

निजगढ नगरपालिकामा भएको तालाबन्दी खोल्न राप्रपाको ७२ घण्टे अल्टिमेटम 


२९ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा-  राष्ट्रिय प्रजातन्त्र पार्टी निजगढ नगर कार्य समितिले नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा लगाएको ताला खोल्न ७२ घण्टे अल्टिमेटम दिएको छ । ७२ घण्टाभित्र ताला खोली काम सञ्चालन नभए राप्रपाले ताला फोड्ने चेतावनी दिएको हो ।

विगत १४ दिनदेखि भएको तालाबन्दीबाट स्थानीय सेवाग्राही समस्यामा परेको तथा नगरप्रमुख, उपप्रमुख र वडा अध्यक्षलगायत कार्यपालिका सदस्य घमन्डका कारण नगरपालिकाबाट सर्व साधारणले पाउनुपर्ने सेवाबाट वञ्चित भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य बिनोद भारतीले बताए ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी निजगढ नगर कार्य समितिका अध्यक्ष खड्गप्रसाद उप्रेतीले तत्काल ताला खोलेर काम गर्ने वातावरण सिर्जना गर्न आग्रह गरेका छन् । यदि ताला नखोलेमा राप्रपा निजगढले ताला खोल्न र दुवै पक्षसँग आवश्यक समन्वय गर्न तयार रहेको बताए ।

उनीहरूले ताला खोल्ने, नियमित काम काज सुचारु गर्न र विभिन्न बहानामा गरिएको तालाबन्दीको विरोधसमेत गरेका छन् ।

राप्रपा निजगढले आज निजगढ नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद देवकोटालाई ज्ञापन पत्र समेत बुझाएका छन् ।

ज्ञापन पत्र बुझाउँदै राप्रपा निजगढले जनताको सेवा प्रवाहका लागि तालाबन्दी खोलेर वातावरण सहज गराउनसमेत निमित्त प्रमुख प्रशासकीय अधिकृत देवकोटालाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  ६ : ११ बजे

नेपाल–दक्षिण अफ्रिका व्यापार तथा लगानी विस्तारबारे छलफल

काठमाडौँ-  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र नेपालका लागि गणतन्त्र

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगरबस

राँझा– नेपालगञ्ज उपमहानगरपालिकाले नगरवासीको सहजताको लागि खरिद गरेका करोडौँ मूल्यका

ओमनविरुद्ध नेपालको सहज जित

काठमाडौँ- आईसीसी पुरुष विश्वकप लिग लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो

‘प्रधानमन्त्रीको भारत भ्रमणमा दोहोरो करबारे छलफल हुनुपर्छ’

नेपाल र भारतको विषयमा विमर्श गर्दा भारत नेपालको सबैभन्दा ठूलो

यात्रुलाई अस्वस्थ खाना खुवाए राजमार्गका होटल र चालकमाथि कारवाही हुने

काठमाडौं– सार्वजनिक यात्रुवाहक सवारी साधनमा यात्रा गर्ने यात्रीहरूलाई बाटोमा अस्वस्थ,