दाजुभाइ मिलेर बहिनीको प्रेमीको हत्या « Khabarhub

दाजुभाइ मिलेर बहिनीको प्रेमीको हत्या


२९ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा- बाराको विश्रामपुर गाउँपालिका–५ इटियाही बस्ने २३ वर्षीय राजकुमार ठाकुरको अपहरणपछि बन्धक बनाई हत्या गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बारा विश्रामपुर गाउँपालिका–५ का २८ वर्षीय उत्तम पटेल र ३० वर्षीय प्रितम पटेल रहेका छन् ।

प्रहरीका अनुसार राजकुमार ट्युसन पढ्न पर्सा वीरगन्ज महानगरपालिका–१६ नगवातर्फ साइकल चढी गएपछि सम्पर्क विहीन भएका थिए ।

त्यसपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले घटनाको अनुसन्धानका लागि वीरगन्ज महानगरपालिका–१६ नगवास्थित टेलर सञ्चालन गर्दै आएका उत्तम पटेल र उनकै दाइ प्रितम पटेललाई नियन्त्रणमा लिएको थियो ।

थप अनसुन्धानको क्रममा राजकुमार र उनीहरूकै बहिनीबीच प्रेम सम्बन्ध रहेको शङ्कामा राजकुमारलाई आफ्नै टेलरमा लगी हत्या पश्चात् शव बोराभित्र राखी भारत लगी छोडेको पटेल दाजुभाइले स्वीकारेका थिए ।

उनीहरूले शवलाई ना.३८ प ४३९५ नम्बरको मोटरसाइकलमा भारतको रक्सौल रेल्वे स्टेसन पुर्‍याई मुजफ्फरपुर जाने ट्रेनको शौचालय छेउको खाली ठाउँमा  छोडेको प्रहरीले जनाएको छ ।

उनीहरू विरुद्ध अपहरण तथा शरीर बन्धक र ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान ) मुद्दामा थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  ६ : १५ बजे

सीमा सुरक्षा र द्विपक्षीय सहकार्य सुदृढ बनाउने साझा प्रतिबद्धता

काठमाडौं– नेपाल–भारत सीमा क्षेत्रमा हुने अवैध गतिविधि तथा सीमापार अपराध

विपद् पूर्वतयारी रणनीति सुधार्न सुरक्षा निकायका प्रमुखहरूको सुझाव

काठमाडौं– विभिन्न सुरक्षा निकायका प्रमुखहरूले प्राकृतिक विपद्का घटनाहरू पहिले भन्दा

चैतदेखि यता १२० फर्म तथा कम्पनी कालोसूचीमा

काठमाडौं– सार्वजनिक खरिद प्रक्रियालाई जबाफदेही र विश्वसनीय बनाउने सरकारको लक्ष्यअनुरूप

पत्रकार विश्वमणी सुवेदी पक्राउ

काठमाडौँ– पत्रकार विश्वमणी सुवेदी पक्राउ परेका छन् ।  उनलाई शुक्रबार प्रहरीले

काठमाडौँको जगडोल झण्डा पार्कबाट देखिएको उपत्यका (तस्बिरहरू)

काठमाडौँ– बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले काठमाडौँ उपत्यकामा शुक्रबार